बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु « Khabarhub

बझाङमा जीप दुर्घटना हुँदा चार जनाको मृत्यु


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


138
Shares
  • change font
  • change font
  • change font

बझाङ – गएराति बझाङको तलकोट गाउँपालिकामामा जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय बझाङका सूचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्रसिंह ठगुन्नाका अनुसार तलकोटबाट चैनपुरतर्फ जाँदै गरेको से १ ज ८४३ नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको हो।

शुक्रबार राति करिब साढे आठ बजेतिर तलकोट गाउँपालिका-२, सुकगाड दुर्घटना भएको हो। दुर्घटनामा परेका तीन जनाको घटनास्थलमै र एक जनाको उपचारका लागि अस्पताल लानेक्रममा मृत्यु भएको उनको भनाइ छ।

दुर्घटनामा जीपका चालक केदारस्युँ गाउँपालिका-१ का ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका-४ का ३६ वर्षीय बमबहादुर धामी, तलकोट गाउँपालिका-४ का ७२ वर्षीया जोगेनीदेवी धामी र पाँच वर्षीया बालिका आकृती धामीको मृत्यु भएको छ । सूचना अधिकारी ठगुन्नाका अनुसार तीन यात्रुको घटनास्थलमै र आकृतिको उपचारका लागि अस्पताल लानेक्रममा बाटोमै मृत्यु भएको हो । आकृति बमबहादुर धामीकी छोरी हुन्।

जीप सडकबाट करिब दुई सय मिटर तल खसेको छ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : ०५ बजे

कांग्रेसको परिपत्र : निर्वाचनमा एकताबद्ध भएर लाग्न निर्देशन

काठमाडौं- नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीका

नेता होइन, मधेशको बेटा बन्न सर्लाही आएँ : गगन थापा

सर्लाही- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आफू मधेशको बेटा बन्नका

निर्वाचन आयोगमा बालेन शाहविरुद्ध उजुरी

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता तथा झापा–५ मा

माघ तेस्रो सातादेखि एचपीभी खोप लगाइँदै

काठमाडौं- सरकारले यस वर्ष पनि पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘ह्युमन पापिलोमा

चोरीको मोटरसाइकलसहित एकजना पक्राउ

काठमाडौं- ट्राफिक प्रहरीले चोरीको मोटरसाइकलसहित एकजनालाई नियन्त्रणमा लिएको छ ।