भारतका कप्तान रोहित प्लेइङ ११ बाहिर : टेस्टबाट सन्यासको सम्भावना « Khabarhub

भारतका कप्तान रोहित प्लेइङ ११ बाहिर : टेस्टबाट सन्यासको सम्भावना


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.9k
Shares
  • change font
  • change font
  • change font

अस्ट्रेलिया – भारतले अस्ट्रेलियासँगको पाँचौँ टेस्टमा रोहित शर्मालाई मैदान बाहिर राखेको छ । यो शृङ्खलामा खराब फर्ममा रहेका कप्तान शर्मा पाँचौं टेस्टमा प्लेइङ ११ मा नपरेका हुन्।

भारतका प्रशिक्षक गौतम गाम्भीरले जसप्रित बुमराहलाई कप्तानको जिम्मेवारी दिएका छन्। बुमराहको नेतृत्वमा मैदानमा उत्रेको सुनिल गावस्कर ट्रफीको पाँचौँ खेलमा सुभमन गिललाई टोलीमा समावेश गरिएको छ। लोकेश राहुल र यशस्वी जैसवालले पारीको सुरुवात गरे। तर खेलको सुरुवातमै राहुल र जैसवाल आउट भइसकेका छन्। पहिलो विकेटका रुपमा राहुल चार रन बनाएर आउट हुँदा जैसवालले मात्र १० रन बनाए। भारतले ७.४ ओभरमै १७ रन बनाउँदा दुई विकेट गुमाएको हो। अहिले शुभमन गिल र विराट कोहली क्रिजमा छन्। खेलमा गिल तेस्रो क्रममा ब्याटिङ गर्न आएका हुन्।

रोहित बिदामा नै भएको समयमा पर्थमा भएको पहिलो टेस्टमा भारतले बुमराहकै नेतृत्वमा सफलता पाएको थियो। रोहित टोलीमा समावेश भएपछि भारतको हार सुरु भएको थियो। मेलबर्नमा भएको चौथो टेस्टमा उनले ३ र ९ रन रन प्रहार गरेका थिए।

यस शृङ्खलापछि नै रोहितले सन्यासको बारे पनि सोच्न सक्ने बताइएको छ। यस शृङ्खलालाई कम्तीमा बराबरी गरेर १० वर्षमा पहिलो पटक बोर्डर गावस्कर ट्रफी लैजानबाट रोक्नका लागि भारतले जित्नै पर्नेछ।

रोहित छोरो जन्मिएको उपलक्ष्यमा बिदामा रहेको समयमा पारीको सुरुवात गरेका राहुलले गरेको प्रदर्शनकै कारण भारतले १–० को अग्रता लिएको थियो। त्यसपछि मध्यक्रममा ब्याटिङ गरेका उनी मेलबर्नमा भएको टेस्टमा पारीको सुरुवात गरे पनि असफल भएका थिए।

अन्तिम टेस्टमा पारीको सुरुवात गरेका राहुल ४ रनमा आउट भइसकेका छन्। टोलीको योगफल ११ हुँदा मिचे स्टारतकले उनलाई आउट गरेका हुन्। जैसवाल पनि १० रन बनाएर आउट भए। उनलाई स्कट बोलान्डले आउट गरे। भारतले १७ रन जोड्दा ओपनर ब्यासम्यान दुवै जनालाई गुमाएको हो। अहिले १३ ओभरको समाप्तिमा भारतले ३३ रन बनाउँदा दुई विकेट गुमाएर खेलिरहेको छ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : ३२ बजे

युवा असन्तुष्टि र आप्रवासी सङ्कटबीच मोरक्कोमा संसदीय निर्वाचन

कासाब्लान्का – मोरक्कोका मतदाताले बुधबार नयाँ संसद् चयन गर्न मतदान

साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो

काठमाडौं – साउदी अरबको ९६औँ राष्ट्रिय दिवसका अवसरमा आज यहाँ

सोसयरले पायो सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी आईएसओ प्रमाणीकरण

काठमाडौं – नेपाली प्रविधि कम्पनी सोसयरले सूचना सुरक्षा व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय

प्रधानमन्त्री शाह न्यूयोर्कमा

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाह संयुक्त राष्ट्रसङ्घको ८१ औँ महासभामा