अमेरिकामा फेरि खुले ओरिलियन्साका मार्केट | Khabarhub Khabarhub

अमेरिकामा फेरि खुले ओरिलियन्साका मार्केट


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – हिंसाको कारण प्रहरीले निगरानीमा राखेर बन्द गरिएको न्यु ओरिलियन्सको बोर्नबाउ गल्ली फेरि खुला गरिएको छ। सो मार्केट खुला गरिएपछि मारिएका १४ जनाको स्मरणमा एक मिनेट मौन धारणसमेत गरियो। मारिने मध्य एक जना प्रेरणादायी नर्स समेत रहेकी छिन्।

एफबिआईको रिपोर्ट अनुसार घटना लगाउने समसुद दिन जबार एक्लैले सो घटना गराएका थिए। प्रहरीको गोली प्रहारबाट ४२ वर्षीय ती पूर्व सैनिकको पनि ज्यान गइसकेको छ।

टेक्ससका बासिन्दा उनी सो घटना अघि नै दुई विस्फोटक पदार्थ बिछ्याउनुका साथै भिडियो मार्फत आफ्नो इस्लामिक स्टेटमा आबद्धता रहेको प्रष्ट पार्ने व्यक्ति हुन्।

टेस्ला साइबर ट्रकको विस्फोटसँग त्यस घटनाको कुनै साइनो नभएको समेत जनाइएको छ। सो घटनामा कम्तीमा ३९ जना अस्पतालमा उपचार गराइरहेका छन्।

घटनापछि राष्ट्रपति जो बाइडेनले अभिव्यक्ति दिँदै अमेरिकामा इस्लामिक स्टेटमा आबद्ध हुनेको कुनै स्थान नभएको बताए। उनले अब इस्लामिक स्टेट तथा अन्य आतङ्ककारी सङ्गठनमा आबद्धको तीव्र खोजी गर्ने बताएका छन्।

बन्द भएर सो स्थान फेरि खुल्दा पनि मानिसहरूको मनमा आतङ्क देखिएको छ। सुरक्षा निकाय सर्वत्र तैनाथ गरिएको छ। खोलिएकै दिन मृतक १४ जनालाई सम्झिनेको थुप्रै उपस्थिति थियो।

नयाँ वर्षको दिन ट्रम्प होटेलको अगाडि भएको टेस्ला साइबर ट्रक विस्फोटका आरोपी बारे पनि थप रहस्य खुलेका छन्। सेनाको विशेष फोर्समा रहेका म्याथ्यु एलन लिभेल्सबर्गरले सो घटना गराएको आरोप छ।

सन् २००६ देखि ११ मा आर्मीमा सक्रिय उनले त्यसपछि सेक्युरिटी गार्डको काम गरेका थिए। सन् २०१२ मा उनी सेनाको विशेष फोर्समा पुगेका थिए।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : ५५ बजे

प्रधानमन्त्री भन्छन् : नेपालीको नशा नशामा क्रिकेट छ

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अन्तरराष्ट्रिय क्रिकेट काउन्सिल

‘महाभोज’ हेरेपछि प्रचण्डले भने : सामन्तवादको अवशेष समाजमा अझै छ

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

प्रधानमन्त्रीको भारत भ्रमणको तयारीमा जुट्यो परराष्ट्र मन्त्रालय

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीको छिमेकी मुलुक भारतको औपचारिक

धरहरा चढ्नेहरुको संख्या दोब्बरले बढ्याे

काठमाडौं – धरहरा खुल्ने समय थप भएसँगै अवलोकनका लागि आउनेहरूको

सप्तरीबाट ठूलो परिमाणमा गाँजासहित एक महिला पक्राउ

सप्तरी – सप्तरीको राजगढ गाउँपालिका–३ नर्घोस्थित रामकेवल मण्डलको घरबाट ठूलो