अमेरिकामा फेरि खुले ओरिलियन्साका मार्केट « Khabarhub

अमेरिकामा फेरि खुले ओरिलियन्साका मार्केट


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

न्युयोर्क – हिंसाको कारण प्रहरीले निगरानीमा राखेर बन्द गरिएको न्यु ओरिलियन्सको बोर्नबाउ गल्ली फेरि खुला गरिएको छ। सो मार्केट खुला गरिएपछि मारिएका १४ जनाको स्मरणमा एक मिनेट मौन धारणसमेत गरियो। मारिने मध्य एक जना प्रेरणादायी नर्स समेत रहेकी छिन्।

एफबिआईको रिपोर्ट अनुसार घटना लगाउने समसुद दिन जबार एक्लैले सो घटना गराएका थिए। प्रहरीको गोली प्रहारबाट ४२ वर्षीय ती पूर्व सैनिकको पनि ज्यान गइसकेको छ।

टेक्ससका बासिन्दा उनी सो घटना अघि नै दुई विस्फोटक पदार्थ बिछ्याउनुका साथै भिडियो मार्फत आफ्नो इस्लामिक स्टेटमा आबद्धता रहेको प्रष्ट पार्ने व्यक्ति हुन्।

टेस्ला साइबर ट्रकको विस्फोटसँग त्यस घटनाको कुनै साइनो नभएको समेत जनाइएको छ। सो घटनामा कम्तीमा ३९ जना अस्पतालमा उपचार गराइरहेका छन्।

घटनापछि राष्ट्रपति जो बाइडेनले अभिव्यक्ति दिँदै अमेरिकामा इस्लामिक स्टेटमा आबद्ध हुनेको कुनै स्थान नभएको बताए। उनले अब इस्लामिक स्टेट तथा अन्य आतङ्ककारी सङ्गठनमा आबद्धको तीव्र खोजी गर्ने बताएका छन्।

बन्द भएर सो स्थान फेरि खुल्दा पनि मानिसहरूको मनमा आतङ्क देखिएको छ। सुरक्षा निकाय सर्वत्र तैनाथ गरिएको छ। खोलिएकै दिन मृतक १४ जनालाई सम्झिनेको थुप्रै उपस्थिति थियो।

नयाँ वर्षको दिन ट्रम्प होटेलको अगाडि भएको टेस्ला साइबर ट्रक विस्फोटका आरोपी बारे पनि थप रहस्य खुलेका छन्। सेनाको विशेष फोर्समा रहेका म्याथ्यु एलन लिभेल्सबर्गरले सो घटना गराएको आरोप छ।

सन् २००६ देखि ११ मा आर्मीमा सक्रिय उनले त्यसपछि सेक्युरिटी गार्डको काम गरेका थिए। सन् २०१२ मा उनी सेनाको विशेष फोर्समा पुगेका थिए।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : ५५ बजे

एसियाली खेलकुद ब्याटमिन्टन : इरानसँग नेपाल पराजित

काठमाडौं- नेपाली ब्याडमिन्टन खेलाडी क्षितिज खनाल जापानमा जारी बीसौँ एसियाली

आगामी महाधिवेशन हाम्रो परीक्षाको घडी हो : संयोजक कोइराला

काठमाडौं– नेपाली कांग्रेसको संस्थापन इतर समूहका संयोजक डा. शशांक कोइरालाले नेपाली

कान्ति लोकपथमा खसेको पहिरो हटाइयो

ललितपुर– कान्ति लोकपथमा खसेको पहिरो हटाएर रोकिएका सवारीसाधनलाई गन्तव्यतर्फ पठाइएको

संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन तथा

नारायणी नदीको पानी सतर्कता तह पार, बाढीको जोखिम बढ्यो

चितवन– लगातारको वर्षापछि नारायणी नदीको पानीको सतह सतर्कता तह पार