संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै « Khabarhub

संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ समितिसहित आज संघीय संसद्का ६ वटा समितिका बैठक बस्दै छ ।

संघीय संसद् सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । 

जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्ध र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिका बारेमा गरी १ वटा एजेन्डामा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बस्नेछ ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११ः०० बजे बोलाइएको छ । 

आजको बैठकमा  नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरू तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरूमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरू र आगामी दिनहरूमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।

साथै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै एजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । जसको बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ भने ।

विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । ती समितिका बैठक क्रमशः बिहान ११ः३० र बिहान ११ः०० बजेबाट सुरू हुने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : ५२ बजे

पोखराको खोलाघरमा बनेका अवैध संरचना हटाइँदै

कास्की– पोखरा महानगरपालिकाले बजारको मध्यभाग भएर बग्ने फिर्केखोलाको खोलाघरभित्र बनेका

अय्यरको शतकमा पञ्जाबको सानदार जित

काठमाडौँ – श्रेयस अय्यरको सानदार अविजित शतकको मद्दतले पञ्जाब किङ्सले

वीरगञ्जबाट १० महिनामा करिब ८ खर्बको सामान भित्रियो

वीरगन्ज– वीरगन्ज भन्सार नाका हुँदै चालु आर्थिक वर्ष (आव)को १०

एसईईमा उत्कृष्ट विद्यार्थीलाई ल्यापटपसहित सम्मान

भोजपुर– भोजपुरको रामप्रसादराई गाउँपालिकाले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा

काभ्रेको पाँचखालमा साप्ताहिक कृषि हाटबजार सञ्चालन

काभ्रेपलाञ्चोक– काभ्रेको पाँचखाल नगरपालिकाले साप्ताहिक कृषि हाटबजार सुरु गरेको छ