संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै « Khabarhub

संघीय संसद्का ६ वटा समितिको बैठक बस्दै


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अर्थ समितिसहित आज संघीय संसद्का ६ वटा समितिका बैठक बस्दै छ ।

संघीय संसद् सचिवालयका अनुसार सबै समितिका बैठक सिंहदरबारस्थित कार्यालयमा बस्नेछ । 

जसअनुसार अर्थ समितिको बैठक बिहान ११ः०० बजे बोलाइएको छ । जुन बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुने जनाइएको छ ।

अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायु सेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्ध र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिका बारेमा गरी १ वटा एजेन्डामा छलफल हुनेछ । जुन बैठक बिहान ११ः०० बजे बस्नेछ ।

उता, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक पनि बिहान ११ः०० बजे बोलाइएको छ । 

आजको बैठकमा  नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरू तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरूमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरू र आगामी दिनहरूमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।

साथै, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा पुरानै एजेन्डा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ । जसको बैठक बिहान ११ः३० बजेबाट सुरू हुनेछ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ भने ।

विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ । ती समितिका बैठक क्रमशः बिहान ११ः३० र बिहान ११ः०० बजेबाट सुरू हुने संसद् सचिवालयले जनाएको छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ६ : ५२ बजे

देउवा समूहपछि सभापति थापाको टोली पनि निर्वाचन आयोग जाँदै

काठमाडौं- नेपाली कांग्रेसको शेरबहादुर देउवा नेतृत्वको समूहले शुक्रबार निर्वाचन आयोगमा

माघ ११ सम्मको व्यस्त महोत्सव तालिका सकेर राजनीतिक सक्रिय हुने प्रकाशको संकेत

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिकतर्फ उम्मेद्वारी दिएका गायक प्रकाश

बालेनका सहयोगी राजुनाथले दिए राजीनामा

काठमाडौं- काठमाडौं महानगरपालिकाका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले राजीनामा दिएका

सुशासनको सुरुआत आफूबाटै हुनुपर्छ : मन्त्री इङ्नाम

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रा डा कुमार

प्रधानमन्त्रीको तर्क : पुरानै शैलीले देश चल्दैन, अब नयाँ पुस्ता र युवाहरू आउनुपर्छ

काठमाडौं- प्रधानमन्त्री सुशीला कार्कीले अहिलेको अवस्थाको लोकतान्त्रिक निकासका लागि निर्वाचन