मुगुमा शुक्रबार बिहानै भूकम्पको धक्का | Khabarhub Khabarhub

मुगुमा शुक्रबार बिहानै भूकम्पको धक्का


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शुक्रबार बिहान मुगुमा भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार शुक्रबार बिहान ८ बजेर तीन मिनेट जाँदा भूकम्प गएको हो।

केन्द्रका अनुसार मुगेको लुमा आसपास केन्द्र भएर ४.४ म्याग्निच्यूडको भूकम्प गएको हो। पछिल्लो समय पश्चिम नेपालमा लगातार सानोसानो भूकम्प गइराखेको छ।

पछिल्लो समय सुदूरपश्चिम र कर्णालीमा लगातार भूकम्प गइरहेको छ। केन्द्रको तथ्यांक अनुसार बाजुराको जगन्नाथ गाउँपालिकाको गोत्री आसपास केन्द्रबिन्दु बनाएर पुस ६ मा ५ दशमलव २ म्याग्निच्यूडको भूकम्प गएपछि लगातार भूकम्पले धक्का दिइराखेको छ। यो भूकम्पपछि दार्चुला, जाजरकोट, बैतडी र मुगुमा चार म्याग्निच्यूडभन्दा ठुला भूकम्प गइसकेका छन।

केन्द्र अनुसार सुदूरपश्चिम र कर्णालीमा यो वर्ष पुस १६ सम्ममा चार म्याग्निच्युडभन्दा माथिको भूकम्प ९ पटक गइसकेको छ। त्यो भन्दा साना भूकम्प दर्जनौ पटक गइसकेका छन्।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ८ : ३४ बजे

रविमाथि आज पनि थुनछेक बहस हुँदै  

बुटवल– रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी

राप्रपा केन्द्रीय समिति बैठक आज पनि बस्दै

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय समिति बैठक आज

चेल्सीविरुद्ध सिटीको शानदार जित

काठमाडौं – म्यानचेस्टर सिटीले चेल्सीविरुद्ध ३–१ गोल अन्तरको शानदार जित

कांग्रेस संसदीय दलको बैठक बस्दै, संसदमा खेल्ने भूमिकाबारे रणनीति तय गर्ने

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक

तराईका अधिकांश भूभागमा हुस्सु र कुहिरो, केही क्षेत्रमा शीतलहर, जनजीवन प्रभावित

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल