शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा « Khabarhub

 शाइन रेसुंगा डेभलपमेन्ट बैंकको वार्षिक साधारण सभा


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शाइन रेसुंगा डेभलपमेन्ट बैंकको शुक्रबार वार्षिक साधारण सभा बस्दै छ । बैंकले लाभांश प्रस्ताव पारित गर्न आज सभा बोलाएको हो ।सभामा बैंकले ३ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद ९कर सहित० लाभांश वितरण गर्ने प्रस्ताव पेस गर्नेछ ।

 सभामा आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ । 

सञ्चालक समितिमा संस्थापकका तर्फबाट ३ जना र सर्वसाधारणका तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ । साथै, सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्न आवश्यक पर्ने सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पनि अनुमोदन गर्नेछ । 

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने र बैंकको प्रबन्धपत्र संशोधन गर्ने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि बैंकले पुस ३ गते बुक क्लोज गरेको छ । तसर्थ, पुस ३ गतेसम्म कायम रहने सेयरधनी मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन् ।  

ड्रिमल्याण्ड गोल्ड रिसोर्ट एन्ड प्रा.लि मणिग्राम, रुपन्देहीमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १० : ३८ बजे

नेपाली शिक्षा परिषद्‌बाट दुई पुरस्कारको घोषणा

काठमाडौं । नेपाली शिक्षा परिषद्ले यस वर्षको ‘गोपाल पाँडे असीम

१ हजार २५० मेट्रिक टन डीएपी मल नेपाल आउँदै

काठमाडौँ । नेपालमा भोलि (साउन ४ गते) १ हजार २५०

महाशाखाले भन्यो : यी क्षेत्रमा थप वर्षा, सतर्कता अपनाउनू

काठमाडौँ । हाल कोसी र बागमती प्रदेशका केही स्थान, लुम्बिनी,

काठमाडौँमा अवतरण हुन नसकेपछि लखनउ ‘डाइभर्ट’ भयो फ्लाईदुबई

काठमाडौँ- दुबईबाट काठमाडौँका लागि उडेको फ्लाईदुबईको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा

कांग्रेसको संस्थापन इतर पक्षले बिपी कोइरालाको स्मृति दिवस छुट्टै मनाउने

काठमाडौं – नेपाली कांग्रेसको संस्थापन इतर पक्षले यही साउन ६