पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो « Khabarhub

पूर्वीनाकाबाट पर्यटकको आगमन बढ्यो


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

झापा– स्थलमार्ग हुँदै पूर्वीनाका काँकडभिट्टाबाट नेपाल भित्रिने तेस्रो मुलुकका पर्यटकको सङ्ख्या बढेको छ । 

अध्यागमन कार्यालय काँकडभिट्टाका सूचना अधिकारी इन्द्रकुमार राजवंशीका अनुसार सन् २०२४ मा ६ हजार एक सय एक जना तेस्रो मुलुकका पर्यटक नेपाल भित्रिएका छन् । 

सन् २०२३ मा तीन हजार एक सय २५ जना तेस्रो मुलुकका पर्यटक सो नाका भएर नेपाल आएका थिए । अघिल्लो वर्षको तुलनामा सन् २०२४ मा पर्यटकको आगमन दुई हजार नौ सय ७६ जनाले बढोत्तरी भएको छ । 

कोरोना महामारीपछि भारतले कुनै कारण नखुलाई काँकडभिट्टाको सीमावर्ती भारतीय नाका पानीट्याङ्कीबाट तेस्रो मुलुकका पर्यटकलाई नेपाल प्रवेश गर्न अनुमति दिएको थिएन ।

 भारतीय अवरोधका कारण लामो अवधिदेखि पूर्वीनाकाबाट स्थलमार्ग हुँदै पर्यटक नेपाल आउन पाएका थिएनन् । सन् २०२४ को अगस्त १ तारिखबाट मात्र भारतले पानीट्याङ्की नाका पर्यटकका लागि खुला गरेको थियो । पानीट्याङ्की नाका खुला हुनासाथ नेपाल आउने पर्यटकको सङ्ख्यामा वृद्धि भएको नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) कोशी प्रदेश समितिका पूर्वअध्यक्ष उदयकुमार श्रेष्ठले बताए। 

‘कोरोना महामारी सकिएपछि नाकामा व्यापारिक कारोबार खुला भए पनि पर्यटकका लागि भारतीय अवरोध कायमै रह्यो,’ उनले भने, ‘उच्चस्तरीय पहलपछि अगस्तमा मात्र भारतले पर्यटकलाई आउजाउ गर्न अनुमति दिएको हो । त्यसपछि बल्ल पर्यटकीय आगमन पुरानै लयमा फर्किएको हो ।’

पूर्वीनाकाबाट केही वर्षअघि सम्म नेपाल आउने बङ्गलादेशी पर्यटकको सङ्ख्या बढी थियो । सन् २०२४ मा काँकडभिट्टाबाट स्थलमार्ग हुँदै चार हजार नौ सय १६ भूटानी पर्यटक नेपाल भित्रिएका अध्यागमन कार्यालयका सूचना अधिकारी राजवंशीले बताए। उनका अनुसार सन् २०२३ मा यही स्थलमार्ग भएर नेपाल प्रवेश गरेका भुटानीहरूको सङ्ख्या दुई हजार नौ सय ३१ मात्र थियो । 

नेपालले सार्क मुलुकका पर्यटकलाई हरेक वर्ष ३० दिन निःशुल्क प्रवेशाज्ञा ९भिसा० दिने गरेको छ । शुल्क नलाग्ने भएकाले धार्मिक पर्यटनका लागि भूटानीहरु बढी सङ्ख्यामा नेपाल आउने गरेका हुन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  १ : ०० बजे

‘विदेशी मुद्रा सञ्चितिलाई विकास कोषमा लगाउँदा मुलुक दुर्घटनामा पर्न सक्छ’

मौद्रिक नीतिको विषयमा बहस गर्दा बजेटको कुरा पनि उठाउनुपर्छ ।

सरकार युएनडीपीसँग विकास सहकार्य चाहन्छ : अर्थमन्त्री 

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले बदलिँदो राष्ट्रिय प्राथमिकता र विकास आवश्यकताअनुसार

गोलभेँडा किसानसँग कृषिमन्त्री, भनिन्- उचित मूल्य दिन कडा अनुगमन गर्दैछौं’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले सडकमा गोलभेँडा फ्याँकेर

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी