एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको ‘आमा, सपना र ताराहरू’ लोकार्पण  « Khabarhub

एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको ‘आमा, सपना र ताराहरू’ लोकार्पण 


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको ‘आमा, सपना र ताराहरू’ पुस्तक लोकार्पण भएको छ ।  आज काठमाडौंमा औपचारिक कार्यक्रम गरेर पोखरेलको किताब लोकार्पण भएको हो । 

राजनीतिज्ञ पोख्रेलको पुस्तक पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा, एमाले उपमहासचिव प्रदीप ज्ञवाली,लेखक बिन्दु शर्मालगायतले पुस्तक लोकार्पण गरे । 

भण्डारीलाई प्रमुख अतिथि बनाएर पुस्तक लोकार्पण गरेका पोखरेलले यस अगाडि पनि विभिन्न पुस्तकहरू लेखेका छन् । 

०६३ सालमा पूर्वको रातो तारा, ०७२ मा राष्ट्रिय सुरक्षा र नेपाली सेनालगायत पुस्तक  बजारमा ल्याएका छन् । उनी २०१० चैत २५ गते ओखलढुङ्गाको मान्खा गाउँमा जन्मिएका हुन् । 

उनले यो पुस्तकमा ‘आमा, सपना र ताराहरू’को विषयमा लेखेका छन् । आमाको महिमा, आमाका सपना र आमाले भोगेका अनेक दुखको विषयमा पुस्तकमा लेखिएको एमाले उपमहासचिव प्रदीप ज्ञवालीको भनाइ छ ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : ३९ बजे

राष्ट्रपति पौडेलले गुरू पुरोहितबाट टीका ग्रहण गर्ने

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट

सलमानसँगको सम्बन्धलाई लिएर टाइगरमाथि आक्रमणको दाबी, बलिउडमा फेरि बढ्यो सुरक्षा चिन्ता

बलिउड अभिनेता टाइगर श्राफको कारमाथि मुम्बईमा गोली प्रहार भएपछि फिल्म

क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौँ – आइसिसी विश्वकप लिग–२ श्रृङ्खला खेलेर नेपाली राष्ट्रिय पुरुष

दसैँ आयो, आकाशमा चंगा खोइ ?

दसैँ आयो, घरघरमा जमरा राखियो, रातो टीका र जमरासँगै उत्सवको

झापामा हात्तीको आक्रमणबाट दुई जनाको मृत्यु

झापा – जंगली हात्तीको आक्रमणबाट आज एउटै गाउँका दुई व्यक्तिको