राष्ट्रिय सभाबाट पारित मर्यादासम्बन्धी विधेयकमा नास्ट उपकुलपति गायब | Khabarhub Khabarhub

राष्ट्रिय सभाबाट पारित मर्यादासम्बन्धी विधेयकमा नास्ट उपकुलपति गायब


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


81
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय सभाबाट गत वर्ष पारित ‘राष्ट्रिय मर्यादासम्बन्धी विधेयक २०८०’ मा प्रधानमन्त्री कुलपति रहने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) का उपकूलपतिलाई स्थान नदिएको पाइएको छ ।

विज्ञान तथा प्रविधिको क्षेत्रको देशकै सर्वोच्च निकाय नास्टलाई सरकारले बेवास्ता गर्दै मर्यादक्रममासमेत उक्त संस्थाका उपकुलपतिलाई स्थान नदिएको हो ।

उक्त विधेयकमा नेपाल सरकारको सचिव,राजपत्रांकित विशिष्ठ श्रेणी वा सो-सरहका अधिकृतलाई उपकुलपतिभन्दा माथि राखिएको छ ।

मर्यादाक्रमको १७ नम्बरमा ‘नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति’ मात्रै उल्लेख गरिएको छ । तर नास्टका उपकूलपतिलाई स्थान दिइएको छैन ।

प्रतिनिधिसभाको आगामी हुने हिउँदे अधिवेशमा राष्ट्रियसभाबाट पारित भएको उक्त विधेयक पेश गर्ने तयारी छ ।

कुनै समय त्रिभुवन विश्वविद्यालयका उपकुलपतिभन्दा नास्टका उपकूलपतिलाई मर्यादाक्रममा अघि राखिन्थ्यो ।

वि.सं. २०४४ सालको राजपत्रमा तत्कालीन रोनास्टका उपकुलपतिको मर्यादाक्रम त्रिविको उपकुलपतिभन्दा माथि हुन्थ्यो ।

तर सरकारले बनाएका पछिल्ला मर्यादाक्रमहरूमा भने नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको नाम कतै उल्लेख छैन ।

कतिसम्म भने मन्‍त्रीमातहत हुने सचिव र प्रधानमन्त्री मातहत हुने उपकुलपतिलाई सचिवभन्दा तल राखिएको छ ।

राष्ट्रिय सभाबाट पारित विधेयकमा सचिवलाई १६ नम्बरमा राखिएको छ भने १७ नम्बरमा ‘नेपाल प्रज्ञा प्रतिष्ठान’का उपकूलपतिलाई समावेश गरेको छ । तर नास्टको नाम उल्लेख छैन ।

नास्ट प्राज्ञ सभाको अध्यक्षता कूलपति रहने प्रधानमन्त्रीले गर्दछन् । प्राज्ञ सभामा देशका ख्याति प्राप्त प्राध्यापक तथा प्राज्ञहरू प्राज्ञ सदस्य हुने व्यवस्था छ ।
उक्त प्राज्ञ सभाको अध्यक्षता गर्ने कूलपति र प्राध्यापकहरुको मर्यादाक्रममा हुन्छ भने नास्टको उपकुलपतिको भने कुनै हैसियत दिइएको छैन ।

विज्ञान तथा प्रविधिको क्षेत्रमा काम गर्ने विज्ञहरू यसले सरकारको रवैया झल्काउने बताउँछन् । अनुसन्धानकर्मी विशाल लिम्बू भन्छन्,‘विज्ञान तथा प्रविधि क्षेत्रलाई नै राज्यले बेवास्ता गरेको छ।’

‘प्रधानमन्त्री कुलपति हुने विश्वविद्यालयका उपकुलपतिलाई स्थान दिइएको छ । त्यही कुलपतिले नियुक्ति गर्ने नास्टको उपकुलपतिको मर्यदाक्रममा छैन । यो त प्रधानमन्त्रीकै अपमान हो’, अर्का अनुसन्धानकर्मी रमेश श्रेष्ठ भने ।

नास्टले राज्यले दिएको बजेटअनुसार काम गरे पनि बाहिर नदेखिँदा नकरात्मक सूचनाहरू गएकाले बिर्सिएर छुटेको हुन सक्ने उनले बताए ।

सरकराले यसअघि २०७६ सालमा ल्याएको मर्यादाक्रममा पनि नास्टका उपकुलपतिलाई स्थान दिइएको थिएन ।

उक्त मर्यादाक्रममा ‘प्रज्ञा प्रतिष्ठानका उपकुलपति’ लेखि एपनि त्यसले नेपाल प्रज्ञा प्रतिष्ठानलाई मात्रै झल्काउँछ ।

त्यसबेला पनि प्रज्ञा प्रतिष्ठानका उपकुलपतिलाई सचिवभन्दा पछाडि राखिएको थियो । २०७६ को राजपत्रमा प्रकासितमा १३औंमा नेपाल सरकारको सचिव हुँदै तल प्रज्ञा प्रतिष्ठानका उपकुलपति लेखिएको छ ।

मर्यदाक्रम निर्धारण गर्दा सरकार नै अलमलिएको देखिन्छ । कुलपति प्रधानमन्त्री हुने क्षेत्रमा उपकुलपतिको नियुक्ति कूलपतिले गर्दछन् ।

कुनै उपकुलपतिलाई मर्यदाक्रममा समावेश गरिएको छ भने कुनैमा स्थान दिइएको छैन । प्रक्रिया र विधि हेर्दा उपकुलपतिको चयन कुलपतिले गर्ने गरेको देखिए पनि यसले प्रधानमन्त्री पदकै अपमान गरेको देखिन्छ ।

पूर्वप्रशासक गोपाल भण्डारी भन्छन्,‘कुलपतिले नियुक्त गर्ने उपकुलपतिको हैसियत सबैको समान हुनुपर्ने होइन र ? कसैको मर्यदाक्रममा हुने कसैको नहुने, यस्तो नि कहीँ हुन्छ ?’

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ४ : ५३ बजे

नवजात शिशुको श्रवणशक्तिको परीक्षण र उपचार अनिवार्य गर्ने स्वास्थ्यमन्त्रीको निर्णय

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जन्मनासाथ नवजात शिशुको

वित्तीय क्षेत्रमा प्राथमिकता निर्धारण गरी समाधान खोज्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं– उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वित्तीय क्षेत्रको सवलीकरणका लागि

सर्वोच्चको फैसलाले १९ हजार मेगावाट आयोजना प्रभावित हुन्छ : इप्पान 

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) ले सर्वोच्च अदालतले

सरकारी वेबसाइट, डाटा र नेट्वर्क सुरक्षाका लागि १०२ बुँदे ‘एडभाइजरी’

काठमाडौं– सरकारी वेबसाइट, डाटा र नेटवर्कको सुरक्षाका लागि एक सय

रबि लामिछानेको मुद्दामा बहस सकियो, आजै आदेश आउने सक्ने

रुपन्देही- सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि