संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य « Khabarhub

संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्छ : मुख्यमन्त्री आचार्य


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

घोराही– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनी प्रदेश कला, संस्कृतिमा समुन्नत भएको बताएका छन् । घोराहीमा आजदेखि सुरु भएको माघ महोत्सवको उद्घाटन गर्दै उनले लुम्बिनी सांस्कृतिक विविधता युक्त प्रदेश भएकाले यहाँका संस्कृतिलाई आर्थिक उत्पादनसँग जोडेर आयआर्जन गर्नुपर्नेमा जोड दिए ।

मुख्यमन्त्री आचार्यले कानुन निर्माण गरेर प्रदेशका हरेक निकायमा १४ प्रतिशत थारु समुदायको प्रतिनिधित्व सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरे । त्यसका लागि प्रदेश सरकारले कानुन निर्माण गरिसकेको जनाउँदै उनले अब ऐन निर्माण गरेर छिट्टै कार्यान्वयनमा ल्याउने बताए । 

थारु कार्यकारिणी सभा दाङका अध्यक्ष अशोक चौधरीको अध्यक्षतामा भएको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले कला संस्कृतिलाई आयआर्जनसँग जोडेर थारु समुदायलाई आर्थिक रूपमा सम्पन्न गराउन प्रदेश सरकारले पहल गरिरहेको उल्लेख गरे । 

लुम्बिनी प्रदेशका जलस्रोत तथा सिँचाइमन्त्री सीता चौधरी, उद्योग, पर्यटन तथा यातायातमन्त्री प्रचण्डविक्रम न्यौपानेलगायत वक्ताले कार्यक्रममा सम्बोधन गर्दै लुम्बिनी प्रदेश सांस्कृतिक विविधताले भरिएको क्षेत्र रहेको भन्दै कला, संस्कृतिको संरक्षण र प्रवर्द्धनमा प्रदेश सरकारले योजनाबद्ध रूपमा काम गरिरहेको बताएका थिए ।

कार्यक्रम सञ्चालन हुनुअघि विभिन्न कला, संस्कृति र झाँकीसहित घोराही बजार परिक्रमा गरिएको थियो । 

थारुको मौलिक कला, संस्कृतिले भरिएको माघीलाई सबैभन्दा ठूलो पर्वका रूपमा लिने गरिन्छ । महोत्सवमा थारु समुदायका मौलिक कला, संस्कृति, गीत, नाच र खानेकुराहरू प्रदर्शनमा राखिएका छन् ।
 

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ७ : ०३ बजे

यू–१९ एसिया कप र विश्वकपका लागि नेपालको प्रारम्भिक टोली घोषणा

काठमाडौँ : आसन्न एसिया कप र आउँदो वर्ष आयोजना हुने आइसिसी

विदेश पठाउने भन्दै ठगी गर्ने पाँच जना पक्राउ

काठमाडौँ । प्रहरीले वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न

युक्रेनमा नेटो सेनाको उपस्थिति अस्वीकार्यः क्रेमलिन

काठमाडौँ । युक्रेनमा उत्तर एटलान्टिक सन्धिसङ्गठन (नेटो) सदस्य राष्ट्रका सैनिक

काठमाडौंका विद्यालयदेखि हिमाली गुम्बासम्म इनलाइटको सहयोग

काठमाडौं– नेपालका विभिन्न विद्यालय, स्वास्थ्य केन्द्र, बौद्ध गुम्बा तथा हिमाली

लुम्बिनी सरकारले गर्‍यो प्रदेशसभा अधिवेशन अन्त्य

काठमाडौँ । लुम्बिनी प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालू आठौँ