२८ हजार मेगावाटमा ६५ खर्ब लगानी हुँदा ४० खर्ब स्वदेशमै रहन्छ : इप्पान अध्यक्ष कार्की « Khabarhub

२८ हजार मेगावाटमा ६५ खर्ब लगानी हुँदा ४० खर्ब स्वदेशमै रहन्छ : इप्पान अध्यक्ष कार्की


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले २८ हजार ५०० मेगावाट उत्पादनका लागि ६५ खर्ब लगानी हुँदा ४० खर्ब रुपैयाँ स्वदेशमै रहने बताएका छन् ।

शुक्रबार लालुपाते हाइड्रोपावर कम्पनीद्वारा प्रवर्द्वित ४९.९५ मेगावाटको दानाखोला जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापनमा हस्ताक्षर समारोहमा बोल्दै अध्यक्ष कार्कीले उक्त कुरा बताएका हुन् ।

उनले १० वर्ष भित्र स्वदेशी उत्पादन सिमेन्ट डन्डी लगायतका हाइड्रोपावर बनाउँदा चाहिने कच्चापदार्थ र रोजगारीमा ४० खर्ब रुपैयाँ खर्च भइ नेपालकै अर्थतन्त्र माथि उठ्ने बताए ।

पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पालामा ४०० मेगावाट भारत निर्यात सम्झौताबाट सुरु भएको नेपालको अन्तरदेशीय विद्युत व्यापारको श्रृङखला पूर्वप्रधानमन्त्री पुष्पकमल दाहनल प्रचण्डको पालामा १० हजार मेगावाट निर्यातको दीर्घकालीन सम्झौता हुँदै अहिले बंगलादेशमा ४० मेगावाट निर्यात सुरु भएको उनले बताए ।

हालसालै १५ हजार मेगावाट निर्यात उद्देश्यसहित २८ हजार ५०० मेगावाटको मार्गचित्र अघि बढाउँदा नेपालको ऊर्जा क्षेत्रको भविष्य सुन्दर देखिएको कार्कीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओली र ऊर्जामन्त्री दीपक खड्कासहित सिंगो मन्त्रिपरिषद् सकारात्मक भएको बेला ऊर्जा क्षेत्रको विकास नभए नेपालमा कहिल्यै यो क्षेत्रको विकास नहुने कार्कीले ठोकुवा गरे ।

२८ हजार ५०० मेगावाटको मार्गचित्र पास भएको छ, यसले फरक सन्देश दिएको छ । तर, विद्युत् विधेयक यो लक्ष्यको विपरीत भएकोले त्यसलाई संशोधन गरेर मात्रै पास गर्नुपर्ने पनि उनले बताए ।

‘२८ हजार ५०० मेगावाट का लागि ६६ खर्ब पैसा चाहिन्छ । सरकारले सहज नीति बनाइदिने हो भने लक्ष्य पूरा गर्न निजी क्षेत्र तयार छ । शक्तिशाली उर्जा मन्त्रालय बनाएर वन तथा वातावरणका मुद्दा पनि त्यहिबाट सल्टाउने गरि सरकार अघि बढ्नुपर्छ’, कार्कीले भने, ‘विद्युत् विधेयक संशोधन नगरी पास गरौ, होइन भने निजी क्षेत्रले ऊर्जामा स्पेस नै पाउँदैन ।’

१८ महिनादेखि ४१ जलविद्युत् आयोजनाको सार्वजनिक निष्कासनको निवेदन धितोपत्र बोर्डमा अड्किएको भन्दै कार्कीले ‘बैंकले पनि पैसा नदिने, इक्विटी ल्याउने सार्वजनिक निष्कासन पनि रोक्ने हो भने आयोजना बन्न नसक्ने’ बताए । ऊर्जामन्त्रीले यसमा निर्देशन दिनेबेला भएको पनि उनले बताए ।

नेपालमा भएका ४/५ वटा राम्रा जलविद्युत आयोजनामध्ये दानाखोला पनि एक रहेकाले यसलाई समयमै सम्पन्न गर्न पनि उनले कम्पनीलाई शुभकामना दिए ।

पछिल्लो छोटो अवधिमै २० वटा जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन भएको भन्दै कार्कीले बैंक तथा वित्तीय संस्थाहरुलाई पनि धन्यवाद दिए ।

पूर्वऊर्जा मन्त्री राजेन्द्र लिङ्देनले १५०० मेगावाटको विद्युत खरिदबिक्री सम्झौता (पीपीए) खोल्ने निर्णय गर्दा दाना खोला त्यहीभित्र समेटिएको आयोजना हो ।

प्रवर्द्वक कम्पनी लालुपाते हाइड्रोपावरका अध्यक्ष मोहनकुमार डाँगीले पानीलाई बत्तीमा रुपान्तरण नगरेसम्म हाइड्रोपावरमा गरेको लगानी शून्य नै हुने भएकोले आयोजना बनाउन असफल हुने छुट नभएको बताए ।

आयोजनाका लागि ९ अर्ब ९६ करोड रुपैयाँलगानी सुनिश्चित भएको छ । ७४ करोड रुपैयाँ स्थानीयमा शेयर जारी गरेर, १ अर्ब ७४ करोड रुपैयाँ सञ्चालकबाट र बाँकी बैंकबाट ऋण लगानी हुने छ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ७ : ३९ बजे

कोरियाली पर्यटन प्रवद्र्धनका लागि टान र काटाबीच समझदारी

काठमाडौं–  कोरियाली पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ट्रेकिङ एजेसिस् एसोसिएसन अफ

ट्रम्पद्वारा बीबीसीविरुद्ध १० अर्ब डलरको मुद्दा

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  बीबीसीविरुद्ध १० अर्ब अमेरिकी डलर

कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ

काठमाडौं–  वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी कोरिया पठाइदिन्छु भन्दै रकम ठगी

रुखबाट लडेर युवकको मृत्यु

बागमती‍– रुखबाट लडेर आज बिहान मकवानपुरको मनहरी गाउँपालिका–७ मा एक

ईश्वर पोखरेल पक्षको प्यानल सार्वजनिक, केन्द्रीय सदस्यमा ओली र शंकरको पनि नाम (पूर्णसूचीसहित)

काठमाडौं- अध्यक्षका उम्मेदवार ईश्वर पोखरेल पक्षले आफ्नो प्यानल सार्वनजिक गरेको