चीनमा भेटियो नयाँ भाइरस « Khabarhub

चीनमा भेटियो नयाँ भाइरस


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चीनमा कोरोना भाइरस कोभिड १९ संक्रमणको ५ बर्ष पछि फेरि नयाँ भाइरस फेला परेको छ । कोरोना भाइरस जस्तै लक्षण देखिएको नयाँ भाइरस फेला परेको हो । उक्त भाइरसलाई ह्युमन मेटान्यूमो भाइरसको नाम दिइएको छ । भाइरस कुन र कस्तो प्रजातिको हो भन्नेबारे अझै नखुलेको चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ह्युमन मेटान्यूमो भाइरस १४ बर्ष मुनिका बालबालिका र ६५ बर्षमाथिका व्यक्तिहरुमा बढि मात्रामा देखा परेको चिनिया सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । भाइरसका कारण चिनका अधिकाशं प्रान्तहरुमा आपतकालको घोषणा समेत गरिएको बताइएको छ ।

कोरोना भाइरस जस्तै लक्ष्यण देखिएको बताइएको उक्त भाइरसका बारेमा आधिकारीक तथ्याङ्क भने आइसकेको छैन् । चिनमा तिव्र रुपमा फैलिरहेको ह्युमन मेटान्यूमो भाइरसको जोखिम नेपालमा पनि हुनसक्ने आकलन गरिएको छ । भाइरस श्वास प्रश्वाससँग सम्बन्धित रहेको बताइएको छ ।

चिनमा फैलिएको भाइरसबारे हामिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका संक्रामक रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन सँग बुझ्दा उनले नेपाल पनि जोखिममा पर्न सक्ने बताएका छन । विगतमा कोरोना भाइरसको प्रकोपको उदाहरण दिँदै डाक्टर पुनले भाइरसको आधिकारिकता बाहिर नआएपनि यसबाट जोगिन सुझाएका हुन ।

उनले चिसोबाट सर्ने सामान्य खालको भाइरस भए डराउनु नपर्ने बताउँदै कारोनाको म्यूटेशन अथवा नयाँ भाइरसको उत्पत्ति भएको भए खतार हुनसक्ने बताए । उनले भने “तत्काल यहि नै हो भन्ने अवस्था छैन । चिसो मौसममा देखिने भाइरस भए खासै डराउनु पर्दैन तर भाइरसको प्रकृती फरक भएको खण्डमा उच्च सर्तकता अपनाउनु पर्छ ।”

डाक्टर पुनले चिनसँग नेपालको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै सिमा क्षेत्रमा व्यापार गर्ने नागरिकहरु बढी सजग रहनुपर्ने जानकारी दिए । उनले भाइरसबारे सुइको पाएका हामीले कारोना भाइरससँग लड्न अपनाएका सुरक्षाका सामाग्रीहरु जस्तै माक्स लगाउने, समय समयमा साबुनपानीले हात धुने लगायतका कार्यहरु गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ११ : २० बजे

आज अन्तर्राष्ट्रिय मित्रता दिवस, आपसी समझदारी र मेलमिलाप प्रवर्द्धनमा जोड

काठमाडौँ– आज अन्तर्राष्ट्रिय मित्रता दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रम

कार्यकारी वालेन्द्रमाथि भाइरल बालेनको थिचोमिचो !

समकालीन राजनीतिमा बालेन र वालेन्द्र एउटै इन्जिनबाट सञ्चालित जहाजका दुई

भाइरल मोहको जोखिम: ब्याजको मोहमा साउँको सत्यानास

काठमाडौँ– के एउटा ३० सेकेन्डको भिडियोले कसैको भविष्य बदल्न सक्छ

लुम्बिनीमा मन्त्रालयको संख्या पुनःसंरचना, अब ८ वटा मन्त्रालय रहने

दाङ– लुम्बिनी प्रदेश सरकारले कार्यसम्पादनलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित मन्त्रालयको

घट्यो डेंगु संक्रमण : प्रभावकारी बन्‍यो ‘खोज र नष्ट गर’ अभियान

काठमाडौँ– अस्पतालका बेड भरिभराउ हुन्थे, आपत्कालीन कक्षमा बिरामीको लाम लाग्थ्यो