चीनमा भेटियो नयाँ भाइरस | Khabarhub Khabarhub

चीनमा भेटियो नयाँ भाइरस


१९ पुस २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं । चीनमा कोरोना भाइरस कोभिड १९ संक्रमणको ५ बर्ष पछि फेरि नयाँ भाइरस फेला परेको छ । कोरोना भाइरस जस्तै लक्षण देखिएको नयाँ भाइरस फेला परेको हो । उक्त भाइरसलाई ह्युमन मेटान्यूमो भाइरसको नाम दिइएको छ । भाइरस कुन र कस्तो प्रजातिको हो भन्नेबारे अझै नखुलेको चिनिया सञ्चारमाध्यमहरुले जनाएका छन् ।

ह्युमन मेटान्यूमो भाइरस १४ बर्ष मुनिका बालबालिका र ६५ बर्षमाथिका व्यक्तिहरुमा बढि मात्रामा देखा परेको चिनिया सञ्चारमाध्यमहरुमा उल्लेख गरिएको छ । भाइरसका कारण चिनका अधिकाशं प्रान्तहरुमा आपतकालको घोषणा समेत गरिएको बताइएको छ ।

कोरोना भाइरस जस्तै लक्ष्यण देखिएको बताइएको उक्त भाइरसका बारेमा आधिकारीक तथ्याङ्क भने आइसकेको छैन् । चिनमा तिव्र रुपमा फैलिरहेको ह्युमन मेटान्यूमो भाइरसको जोखिम नेपालमा पनि हुनसक्ने आकलन गरिएको छ । भाइरस श्वास प्रश्वाससँग सम्बन्धित रहेको बताइएको छ ।

चिनमा फैलिएको भाइरसबारे हामिले शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्रका संक्रामक रोग विशेषज्ञ डाक्टर शेर बहादुर पुन सँग बुझ्दा उनले नेपाल पनि जोखिममा पर्न सक्ने बताएका छन । विगतमा कोरोना भाइरसको प्रकोपको उदाहरण दिँदै डाक्टर पुनले भाइरसको आधिकारिकता बाहिर नआएपनि यसबाट जोगिन सुझाएका हुन ।

उनले चिसोबाट सर्ने सामान्य खालको भाइरस भए डराउनु नपर्ने बताउँदै कारोनाको म्यूटेशन अथवा नयाँ भाइरसको उत्पत्ति भएको भए खतार हुनसक्ने बताए । उनले भने “तत्काल यहि नै हो भन्ने अवस्था छैन । चिसो मौसममा देखिने भाइरस भए खासै डराउनु पर्दैन तर भाइरसको प्रकृती फरक भएको खण्डमा उच्च सर्तकता अपनाउनु पर्छ ।”

डाक्टर पुनले चिनसँग नेपालको प्रत्यक्ष सम्बन्ध रहेको बताउँदै सिमा क्षेत्रमा व्यापार गर्ने नागरिकहरु बढी सजग रहनुपर्ने जानकारी दिए । उनले भाइरसबारे सुइको पाएका हामीले कारोना भाइरससँग लड्न अपनाएका सुरक्षाका सामाग्रीहरु जस्तै माक्स लगाउने, समय समयमा साबुनपानीले हात धुने लगायतका कार्यहरु गर्नुपर्ने बताएका छन् ।

प्रकाशित मिति : १९ पुस २०८१, शुक्रबार  ११ : २० बजे

हात्तीको आक्रमणबाट ट्रक चालकको मृत्यु

निजगढ– पूर्वपश्चिम राजमार्गअन्तर्गत बाराको पथलैया–निजगढ सडकखण्डको १२ किलोमा आज हात्तीको

किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री डा. मदनप्रसाद परियारले नेपाली किसानका

प्रधानमन्त्री कार्कीले गरिन् पशुपतिनाथ मन्दिरको दर्शन

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले पशुपतिनाथ मन्दिरको दर्शनका साथै पूजाअर्चना गरेकी

१ लाख २६ हजारले हरे ‘परान’, व्यापार ३ करोड ७१ लाख नाघ्यो

काठमाडौं – कात्तिक १४ बाट प्रदर्शनमा आएको नीर शाह केन्द्रीय

के खिचडी पकाउँदैछिन् सुमना ?

काठमाडौं- ऊर्जामन्त्री कुलमान घिसिङले उज्यालो नेपाल पार्टी निर्माण गर्ने योजना