आज २०८१ साल माघ २१ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ २१ गते सोमबारको राशिफल


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ २१ गते सोमबार माघ शुक्ल पक्षको पञ्चमी तिथि । सरस्वती पूजा । वसन्त पञ्चमी व्रत । तदनुसार सन् २०२५ फेब्रुअरी ३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज छ । साथीभाइ अनुकुल रहेकाले व्यापारमा गरेको प्रयास सफल बन्नेछ । बिचौलीयासँग सचेत नभएमा सम्पत्ति खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ ।

वृष : शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ । बन्धुबाट धोका हुने भएकाले गोपनीयता भंग नगर्नु उचित हुनेछ । साथीभाइबाट भने साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : बोली र व्यवहारमा एकरुपता नहुँदा साथीभाइ टाढा हुनेछन् । राज्यको तर्फबाट सहयोग नहुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । आम्दानीका दृष्टिले दिन महत्त्वपूर्ण छ । लगानी गर्ने योजना भएको भए हिम्मत गर्दा हुन्छ ।

कर्कट : मनमा खटपटी बढ्नेछ । शुभग्रहको बहुमत रहेकाले तपाईंलाई साथ दिने साथी धेरै छन् । आफ्नो सोचेका साथी विपक्षी कित्तामा पुग्ने भएकाले विश्वास गरेका मान्छेबाट सचेत बन्नुपर्नेछ । धार्मिक भ्रमणको अवसर मिल्नेछ ।

सिंह : इज्जत जोगाउनका लागि धन खर्च गर्नुपर्ने दिन छ । मनमा नराम्रो सोच हटाउन धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ । परिवारसँग झुकेर काम गर्दा बेफाइदा हुनेछ ।

कन्या : दिन राम्रो छ । आजको निर्णय दीर्घकालीन बन्नेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारको साथ मिल्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : आफू ठुलो र अरुलाई सानो सम्झिने बानीले घाटा हुनेछ । बौद्धिक व्यक्तिको बहुमत छ । शिक्षाको क्षेत्रमा लगानी विस्तार गर्नु उचित हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । सरस्वतीको आरधना गर्ने समय छ । जसले तपाईंलाई शैक्षिक क्षेत्रमा उचित मार्गदर्शन गर्नेछ । सानो कुराले मन भने चञ्चल हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

धनु : मन अशान्त बन्नेछ । समाजले तपाईंका विषयमा नकारात्मक टिप्पणी गर्दा शान्त भएर अगाडि बढ्नु उचित हुनेछ । स्वास्थ्यले साथ दिने दिन छ । दाम्पत्य जीवन सुखमय बित्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : सरस्वतीको आरधना गर्दा एक वर्षसम्म मनमा शान्ति मिल्नेछ । सहकर्मीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो देखिन्छ । विपक्षी साथीको साथ लिएर राम्रो काम गर्ने हिम्मत गर्नुपर्नेछ ।

कुम्भ : धनलक्ष्मी योग परेको छ । हरेक क्षेत्रमा डुब्न लागेको लगानी हात लाग्नेछ । शिक्षा क्षेत्रमा मिहेनतको खाँचो छ । हरेक काममा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मीन : दिन सहज छ । नबुझेको कुरा बुझे भन्ने बानीले समस्या हुनेछ । परिवारको सुझाव लिएर अगाडि बढ्नुपर्ने दिन छ । राज्यका लागि गरेको सेवाबाट मनमा उत्साह बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ७ : ०५ बजे

काठमाडौँका विभिन्न ठाउँबाट गुण्डगर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौँ– जिल्ला प्रहरी परिसर काठमाडौँ र काठमाडौँ उपत्यका अपराध अनुसन्धान

उपसभामुख पदमा श्रम संस्कृति पार्टीको दाबी

काठमाडौँ– श्रम संस्कृति पार्टीले संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको उपसभामुखमा दाबी

व्यासको बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ– व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा सञ्चालन

भूतपूर्व सैनिक सम्मेलन आइतबारदेखि हुँदै

काठमाडौँ– भूतपूर्व सैनिकहरुको सम्मेलन आइतबारदेखि सुरु हुँदैछ । नेपाली सेनाले

तराईसहित पाँच प्रदेशमा हावाहुरी, पहाडी भूभागमा वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल