आज २०८१ साल माघ २१ गते सोमबारको राशिफल « Khabarhub

आज २०८१ साल माघ २१ गते सोमबारको राशिफल


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.8k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल माघ २१ गते सोमबार माघ शुक्ल पक्षको पञ्चमी तिथि । सरस्वती पूजा । वसन्त पञ्चमी व्रत । तदनुसार सन् २०२५ फेब्रुअरी ३ तारिख । नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन सहज छ । साथीभाइ अनुकुल रहेकाले व्यापारमा गरेको प्रयास सफल बन्नेछ । बिचौलीयासँग सचेत नभएमा सम्पत्ति खर्च हुनेछ । स्वास्थ्यमा सुधार हुनेछ । परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ ।

वृष : शिक्षामा लगानी गरेको भए फाइदा हुनेछ । बन्धुबाट धोका हुने भएकाले गोपनीयता भंग नगर्नु उचित हुनेछ । साथीभाइबाट भने साथ र सहयोग मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मिथुन : बोली र व्यवहारमा एकरुपता नहुँदा साथीभाइ टाढा हुनेछन् । राज्यको तर्फबाट सहयोग नहुने भएकाले काम गर्दा सचेत बन्नुपर्नेछ । आम्दानीका दृष्टिले दिन महत्त्वपूर्ण छ । लगानी गर्ने योजना भएको भए हिम्मत गर्दा हुन्छ ।

कर्कट : मनमा खटपटी बढ्नेछ । शुभग्रहको बहुमत रहेकाले तपाईंलाई साथ दिने साथी धेरै छन् । आफ्नो सोचेका साथी विपक्षी कित्तामा पुग्ने भएकाले विश्वास गरेका मान्छेबाट सचेत बन्नुपर्नेछ । धार्मिक भ्रमणको अवसर मिल्नेछ ।

सिंह : इज्जत जोगाउनका लागि धन खर्च गर्नुपर्ने दिन छ । मनमा नराम्रो सोच हटाउन धार्मिक कार्यमा सहभागी हुनु उचित हुनेछ । उत्तरको लामो यात्रा नगर्नु राम्रो हुन्छ । परिवारसँग झुकेर काम गर्दा बेफाइदा हुनेछ ।

कन्या : दिन राम्रो छ । आजको निर्णय दीर्घकालीन बन्नेछ । राजनीतिक क्षेत्रमा सेवाको अवसर मिल्नेछ । परिवारको साथ मिल्नेछ । परिवारसँग बसेर रमाइलो गर्ने अवसर प्राप्त हुनेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

तुला : आफू ठुलो र अरुलाई सानो सम्झिने बानीले घाटा हुनेछ । बौद्धिक व्यक्तिको बहुमत छ । शिक्षाको क्षेत्रमा लगानी विस्तार गर्नु उचित हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ ।

वृश्चिक : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ । सरस्वतीको आरधना गर्ने समय छ । जसले तपाईंलाई शैक्षिक क्षेत्रमा उचित मार्गदर्शन गर्नेछ । सानो कुराले मन भने चञ्चल हुनेछ । धार्मिक कार्यमा सहभागी भएमा दिन सहज बन्नेछ ।

धनु : मन अशान्त बन्नेछ । समाजले तपाईंका विषयमा नकारात्मक टिप्पणी गर्दा शान्त भएर अगाडि बढ्नु उचित हुनेछ । स्वास्थ्यले साथ दिने दिन छ । दाम्पत्य जीवन सुखमय बित्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्नेछ ।

मकर : सरस्वतीको आरधना गर्दा एक वर्षसम्म मनमा शान्ति मिल्नेछ । सहकर्मीसँग मिलेर गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षाको क्षेत्रमा मिहेनतको खाँचो देखिन्छ । विपक्षी साथीको साथ लिएर राम्रो काम गर्ने हिम्मत गर्नुपर्नेछ ।

कुम्भ : धनलक्ष्मी योग परेको छ । हरेक क्षेत्रमा डुब्न लागेको लगानी हात लाग्नेछ । शिक्षा क्षेत्रमा मिहेनतको खाँचो छ । हरेक काममा परिवारको साथ मिल्नेछ । प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ ।

मीन : दिन सहज छ । नबुझेको कुरा बुझे भन्ने बानीले समस्या हुनेछ । परिवारको सुझाव लिएर अगाडि बढ्नुपर्ने दिन छ । राज्यका लागि गरेको सेवाबाट मनमा उत्साह बढ्नेछ । परिवारसँगको सम्बन्ध सुमधुर बन्नेछ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ७ : ०५ बजे

एमाले महाधिवेशनमा मतदानको तयारी, प्रतिनिधि लामबद्ध (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन अन्तर्गत नयाँ नेतृत्वका लागि

सरकारको राजनीतिक र नैतिक वैधतामा प्रश्न

नेपाल आज सामान्य राजनीतिक संक्रमणमा छैन। देश राजनीतिक, संवैधानिक र

पर्चा–पम्प्लेटले अस्तव्यस्त एमाले महाधिवेशनस्थल भृकुटीमण्डप (तस्बिरहरू)

काठमाडौं– नेकपा एमालेको ११औँ राष्ट्रिय महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा जारी छ

उच्छृङ्खल गतिविधि गर्नेलाई कारबाही हुन्छ : राष्ट्र बैंक

काठमाडौं– पछिल्ला दिनमा भएका बैंक तथा वित्तीय संस्था लक्षित घटनाका

भरतपुरस्थित क्यान्सर अस्पताललाई चीनबाट सवारीसाधन सहयोग

काठमाडौं– नेपालस्थित चिनियाँ दूतावासले चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर