इंग्ल्याण्डविरुद्धको टी-२० शृङ्खलामा भारतको पराकिलो जित : अभिषेकले बनाए १३५ रन « Khabarhub

इंग्ल्याण्डविरुद्धको टी-२० शृङ्खलामा भारतको पराकिलो जित : अभिषेकले बनाए १३५ रन


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


321
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अन्तिम तथा पाँचौँ टी-२० खेलमा भारतले इंग्ल्याण्डलाई १५० रनले हराएको छ। आइतबार राति भएको खेलमा भारतले दिएको २४८ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ११ औँ ओभरको तेस्रो बलमा अन्तिम विकेट गुमाउँदै ९७ रनमा सीमित भएको हो।

इङ्गल्यान्डका लागि फिल साल्टले २३ बलमा ५५ रनको योगदान गरे। पार्ट टाइम बलर शिवं दुबेको बलमा आउट हुनु अघि उनले ७ चौका र ३ छक्का प्रहार गरेका थिए।

चोटबाट फर्किएका मोहम्मद सामीले ३ विकेट लिए भने दुबेको साथमा अभिषेक शर्मा र वरुण चक्रवर्तीले समान दुईदुई विकेट लिए।

यस अघि भारतले अभिषेक शर्माको १३५ रनको सहयोगमा ९ विकेटको क्षतिमा २४७ रनको विशाल योगफल खडा गरेको थियो। १८ औँ ओभरको अन्तिम बलमा अदिल रसिदको बलमा आउट हुनु अघि उनले ५४ बलको सामना गर्दै ७ चौका र १३ छक्का प्रहार गरेका थिए। उनी खेलका म्यान अफ द म्याच घोषित भए।

श्रङ्खला भारतले ४-१ ले जितेको छ। यस शृङ्खलामा वरुण चक्रवर्ती म्यान अफ द सिरिज घोषित भए।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ९ : ०० बजे

आजको मौसम पूर्वानुमान : यस्तो छ मौसम

काठमाडौँ – नेपाल मौसम विज्ञान विभागले आज दिउँसो कोशी, बागमती

दसैँ असत्यमाथि सत्यको विजय उत्सव भन्दै राष्ट्रपतिले दिए बडादसैँको शुभकामना

काठमाडौँ – राष्ट्रपति रामचन्द्र पौडेलले बडादसैँ २०८३ का अवसरमा स्वदेश

घ्यूका नाममा बेच्न प्रतिबन्धित चिल्लो पदार्थ बरामद

कर्णाली – खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय सुर्खेतले वीरेन्द्रनगरस्थित

विश्वकप लिग-२ : नेपाल र क्यानडा भिड्दै, किन विशेष छ आजको खेल ?

काठमाडौँ – ओमानमा जारी आइसिसी विश्वकप लिग–२ एकदिवसीय क्रिकेट प्रतियोगितअन्तर्गत

नवरात्रको सातौँ दिन : घरघरमा फूलपाती भित्र्याइँदै

काठमाडौँ – नवरात्रको सातौँ दिन दसैँ घर वा पूजा कोठामा