ट्रम्पसँग वार्ता गर्न वासिङ्टन पुगे नेतान्याहु « Khabarhub

ट्रम्पसँग वार्ता गर्न वासिङ्टन पुगे नेतान्याहु


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नका लागि वासिङ्टन पुगेका छन् ।

वासिङ्टनमै हमाससँगको युद्ध विरामका लागि दोस्रो चरणको वार्ता सुरु हुने इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

ट्रम्पले दोस्रो कार्यकालको पदभार ग्रहण गरे पछि उनले भेट गर्ने पहिलो विदेशी नेता नेतान्याहु हुने भएका छन् ।

पहिलो चरणमा प्यालेस्टाइनले बन्दी बनाएका ३३ जनाको साथै इजरायलको जेलमा रहेका दुई हजार जना छुट्ने सहमति भएको हो । दोस्रो चरणमा थप बन्दी रिहाइका साथै युद्धको पूर्ण अन्त्यका लागि छलफल हुनेछ । १५ महिना लामो गाजा युद्धमा ४७ हजार जना भन्दा बढी मारिएका छन् ।

अमेरिका प्रस्थान गर्ने क्रममा उनले तेल अभिभ विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मध्यपूर्वका इरानले आतङ्कवादीलाई उक्साएको आरोप लगाउँदै यसको प्रभाव कम गर्न पनि ट्रम्पसँग वार्ता गर्ने बताए ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ९ : ३१ बजे

लालपुर्जा राजनीतिक आश्वासन होइन, भूमिहीनको अधिकार हो : मन्त्री रावल

नारायणगढ– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

लुम्बिनीले जित्यो टस, पहिले फिल्डिङ गर्ने

काठमाडौं- नेपाल प्रिमियर लिग एनपीएलको उद्घाटन खेलमा लुम्बिनी लायन्सले टस

‘खेलकुद राष्ट्रको आत्मविश्वास, युवाको सम्भावना र पहिचानको माध्यम हो’

बागमती– बागमती प्रदेशका मुख्यमन्त्री किरण थापामगरले खेलकुद मनोरञ्जनमा मात्र सीमित

एनपीएलको उद्घाटनका लागि खेलकुदमन्त्री पोखरेल टीयू मैदानमा

काठमाडौं- खेलकुदमन्त्री सस्मित पोखरेल तेस्रो संस्करणको नेपाल प्रिमियर लिग एनपीएलको

सीमामा जब ‘अल्फा’ ले नियमित जाँच सुरु गर्‍यो…

महेन्द्रनगर– सशस्त्र प्रहरी बल नेपालले सुदूरपश्चिममा पहिलो पटक पश्चिमी नाका