ट्रम्पसँग वार्ता गर्न वासिङ्टन पुगे नेतान्याहु « Khabarhub

ट्रम्पसँग वार्ता गर्न वासिङ्टन पुगे नेतान्याहु


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


399
Shares
  • change font
  • change font
  • change font

वासिङ्टन – इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग भेट गर्नका लागि वासिङ्टन पुगेका छन् ।

वासिङ्टनमै हमाससँगको युद्ध विरामका लागि दोस्रो चरणको वार्ता सुरु हुने इजरायली प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

ट्रम्पले दोस्रो कार्यकालको पदभार ग्रहण गरे पछि उनले भेट गर्ने पहिलो विदेशी नेता नेतान्याहु हुने भएका छन् ।

पहिलो चरणमा प्यालेस्टाइनले बन्दी बनाएका ३३ जनाको साथै इजरायलको जेलमा रहेका दुई हजार जना छुट्ने सहमति भएको हो । दोस्रो चरणमा थप बन्दी रिहाइका साथै युद्धको पूर्ण अन्त्यका लागि छलफल हुनेछ । १५ महिना लामो गाजा युद्धमा ४७ हजार जना भन्दा बढी मारिएका छन् ।

अमेरिका प्रस्थान गर्ने क्रममा उनले तेल अभिभ विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै मध्यपूर्वका इरानले आतङ्कवादीलाई उक्साएको आरोप लगाउँदै यसको प्रभाव कम गर्न पनि ट्रम्पसँग वार्ता गर्ने बताए ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ९ : ३१ बजे

लगातार पहिरो खसेपछि टोखा–छहरे सडक बन्द

नुवाकोट – वर्षाका कारण सडकमा पहिरो र गेग्रान खस्ने क्रम

बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

आज २०८३ साल भदौ ३ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ३ गते बुधबार सन् २०२६

७ करोड लगानीमा ‘टप दरबार रोधी क्लब’ सञ्चालनमा, भदौ ५–७ सम्म भव्य उद्धाटन

काठमाडौं । काठमाडौंको जमलस्थित विश्वज्योति मलको चौथो तलामा करिब ७