ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा इसाई युवा पक्राउ « Khabarhub

ईश्वरको निन्दा गरेको आरोपमा पाकिस्तानमा इसाई युवा पक्राउ


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


255
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पाकिस्तानमा ईश्वरको निन्दा गरेको आरोपमा एक जना युवा पक्राउ परेका छन् । पाकिस्तानको शाहिवाल क्षेत्रमा ईश्वरको निन्दा गरेको आरोपमा इसाई युवा पक्राउ परेका हुन् ।

पाकिस्तानबाट प्रकाशित हुने डन अखबारका अनुसार उनले केही मानिसहरूको सामुन्ने ईश्वरको निन्दा हुने शब्द प्रयोग गरेका थिए । उक्त घटनापछि स्थानीय धार्मिक नेताहरूले नजिकैको प्रहरी चौकीमा उजुरी दिएका थिए ।

आरोपी व्यक्ति लागूऔषध दुर्व्यसनी र मानसिक रुपमा अस्थिर रहेको हुनसक्ने प्रहरीको आशङ्का छ । उनीविरुद्ध पाकिस्तान अपराध संहिताको २९५–ए र २९८–ए तथा प्रतिआतङ्कवाद कानुन १९९७ को धारा ७ अनुसार कारवाही प्रक्रिया अघि बढाइएको प्रहरीको भनाइ छ ।

स्थानीय इसाई धर्मगुरुहरूले घटनाप्रति दुःख व्यक्त गर्दै आरोपीको स्वास्थ्य परीक्षण गर्न माग गरेका छन् । डनका अनुसार पछिल्ला १५ महिनामा शाहिवाल क्षेत्रमा ईश निन्दाका एक दर्जनभन्दा धेरै उजुरी परेको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  १२ : ३८ बजे

कांग्रेस सहमहामन्त्रीमा बहादुरसिंह लामा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट आदिवासी जनजातितर्फ सहममन्त्रीमा बहादुर सिंह

नौ महिनामा थपिए ८० जना एचआइभी सङ्क्रमित

चितवन– चितवनमा गत नौ महिनामा ८० जना नयाँ एचआइभी एड्स

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर– मकवानपुरको हेटौँडा उपमहानगरपालिका–८ स्थित गुम्बाचोक नजिकै आज बिहान ट्रकको

सत्तामा मोदीको कीर्तिमानी कार्यकाल, भारतले के पायो, के गुमायो ?

दक्षिणी छिमेकी भारतका प्रधानमन्त्री नरेन्द्र मोदी सन् २००१ को अक्टोबरमा

भोजपुरमा कमेरोले घर पोत्ने चलन हराउँदै

भोजपुर– गाउँघरमा परम्परागत रूपमा माटो तथा कमेरोले घर पोत्ने चलन