झिनो अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार « Khabarhub

झिनो अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से साढे ११ अर्ब बढीको कारोबारसहित २.४१ अंकले बढेर २७३० विन्दुमा पुगेको हो । 

नेप्से बढ्दा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर कारोबार भएको छ ।

 ९७ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १३७ वटा कम्पनीको शेयर मूल्य घटेको छ । ८ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको छ । यस्तै ३०९ वटा कम्पनी कारोबारमा आउँदा १ लाख ११ हजार ९१८ पटक शेयर किनबेच भएको छ । 

आज १३ वटा समूहमध्ये ७ वटा समूह बढेको छ भने ६ वटा समूह घटेको छ ।  सबैभन्दा बढी निर्जीवन बीमा ०.८२ प्रतिशतले बढेको छ । सबैभन्दा कम लघुवित्त समूह ०।१० प्रतिशतले बढेको छ । 

सबैभन्दा बढी फाइनान्स समूह १.०७ प्रतिशतले घटेको छ भने सबैभन्दा कम होटेल तथा पर्यटन ०.०१ प्रतिशतले घटेको छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ३ : १८ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका