सभापति खतिवडालाई कर्मचारीकाे पत्र- हाम्रो अधिकार तलमाथि नहोस्   « Khabarhub

सभापति खतिवडालाई कर्मचारीकाे पत्र- हाम्रो अधिकार तलमाथि नहोस्  


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संघीय निजामती सेवा ऐनको मस्यौदामाथि छलफल चलिरहेका बेला नेपाल निजामती कर्मचारी युनियनले संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको ध्यानाकर्षण गराएको छ । 

कर्मचारी युनियनका केन्द्रीय सचिव प्रकाश भट्टराईले सभापति रामहरि खतिवडालाई पत्र लेख्दै मस्यौदाबारे विभिन्न विषयमा ध्यानाकर्षण गराएका हुन् ।
 
उनले नेपालको निजामती सेवामा रहेका समस्या, तीनै तहका कर्मचारीले भोग्नु परेका कठिनाइ, ऐनमा समेट्नु पर्ने कुरालगायतका विषय समेटेर समिति सभापति खतिवडासँगै सदस्यहरूलाई पनि छुट्टाछुट्टै पत्र लेखेका छन् । 

उनले प्रस्तावित ऐनले निजामती सेवाका विश्वव्यापी सिद्धान्त तथा मूल्य र मान्यताको अनुशरण गर्दै प्रशासनिक संघीयताको कार्यान्वयनका आधार निर्माण एवम् प्रदेश निजामती सेवा र स्थानीय सेवालाई आवश्यक मार्गदर्शन गर्नुपर्ने बताएका छन् । 

सार्वजनिक सेवा प्रवाहको प्रभावकारिता अभिवृद्धिका लागि क्षतिपूर्तिसहितको नागरिक सेवाको प्रत्याभूति दिलाउनु पर्ने, स्वैच्छिक अवकाशसहित समायोजन पुनरावलोकनको व्यवस्था गर्नुपर्ने, कानूनको कार्यान्वयनमा संघीय निजामती सेवा/प्रदेश निजामती सेवा/स्थानीय सेवा उल्लेख गरे पनि तीनै तहमा कार्यरत कर्मचारीलाई ‘निजामती कर्मचारी’को परिभाषामा समेट्नु पर्ने सचिव भट्टराईको माग छ । 

निश्चित सेवा अवधि पूरा गरेपछि माथिल्लो श्रेणीमा बढुवा हुने ‘एक्जिट प्लान’सहितको स्वचालित बढुवा प्रणालीको व्यवस्था गर्नुपर्ने, तीनै तहमा स्वचालित र पूर्वानुमानयोग्य सरुवा प्रणाली (प्रदेश र स्थानीय तहका कर्मचारीको प्रदेशभित्र स्वचालित सरुवा प्रणाली र अन्तरप्रदेश सरुवाको व्यवस्था) गर्नुपर्ने पनि पत्रमा उल्लेख गरिएको छ ।
 
भट्टराईले समितिलाई करार सेवामा लामो समय काम गरेका व्यक्तिलाई समुचित सेवा सुविधाको व्यवस्था गर्नुपर्ने सुझाव पनि दिएका छन् । 

राज्य व्यवस्था तथा सुशासन समितिमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा, नेकपा एमालेका नेता रघुजी पन्त, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, राप्रपाका बुद्धिमान तामाङलगायतका विभिन्न दलका २७ जना सांसदहरू सदस्य छन् ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ५ : ०४ बजे

जेसीबी नेपालद्वारा इटहरीमा ग्राहक सम्मान कार्यक्रम आयोजना

इटहरी– एमएडब्यू अर्थमुभर्स प्रालिअन्तर्गत रहेको जेसीबी नेपालले इटहरीमा जेसीबी ग्राहक सम्मान

राप्ती गाउँपालिका कार्यालयमा ‘एयर पोलुशन स्टेशन’ स्थापना

दाङ– राप्ती गाउँपालिकाको कार्यालय परिसरमा ‘एयर पोलुसन स्टेशन’ राखिएपछि प्रदूषणको

विश्वकपका रेफ्रीलाई अमेरिकाले प्रवेश रोकेकोमा सोमालियाको आपत्ति

मोगादिसु – सोमालियाको फुटबल महासंघले आफ्ना पुरस्कार विजेता रेफ्री ओमार

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा सुनचाँदीको मूल्यमा ठूलो गिरावट आएको छ। नेपाल

रास्वपाको चुनावी भिडियो विवाद: ‘हामी दिदी-भाइ हौँ, व्यक्तिगत सम्बन्धसँग जोड्नु निन्दनीय’

अर्घाखाँची – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अर्घाखाँचीको जिल्ला अधिवेशनका क्रममा