संस्कृति र सम्पदाको अनुसन्धान बढाइनुपर्छ : मन्त्री पाण्डे « Khabarhub

संस्कृति र सम्पदाको अनुसन्धान बढाइनुपर्छ : मन्त्री पाण्डे


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले संस्कृति र सम्पदाको अध्ययन एवं अनुसन्धानमा बढवा दिनुपर्ने बताएका छन्  ।

सांस्कृतिक अध्ययन तथा अनुसन्धान परिषद् नेपालले सोमबार आयोजना गरेको प्रा डा सोमप्रसाद खतिवडाद्वारा लिखित ‘हनुमानढोका दरबार क्षेत्रका मूर्त सांस्कृतिक सम्पदा’ नामक पुस्तकको विमोचन गर्दै उनले संस्कृति र सम्पदा क्षेत्र अध्ययन तथा अनुसन्धानका आधारमा नभई लहडका आधारमा निष्कर्ष निकालिने गरेकाले समस्या आउने गरेको बताए। 

नेपालका विविध संस्कृति, प्रकृति र सम्पदा खुला सङ्ग्रहालयका रूपमा रहेको मन्त्री पाण्डेको भनाइ छ । नेपाल विविध संस्कृति, प्रकृति र सम्पदाको खुला सङ्ग्रहालयका रूपमा रहेको उनले बताए। 

सम्पदा महत्त्वपूर्ण पुँजीका रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले जल, जङ्गल र जडीबुटीजस्ता जैविक सम्पदाको संरक्षणको आवश्यकता औँल्याए । प्राकृतिक सम्पदा जोगाउनका लागि प्राज्ञिक रूपमा बहस र छलफल हुनुपर्नेमा पनि उहाँले जोड दिए । 

‘सम्पदाको अध्ययन, अन्वेषण हुँदा तथ्य र तथ्यांकमा आधारित भई वैज्ञानिक रूपमा पुष्टि हुनेगरी निष्कर्षमा पुग्नुपर्छ, हनुमानढोका दरबार क्षेत्रको मूर्त सांस्कृतिक सम्पदा नामक पुस्तकले अनुसन्धानात्मक तरिकाले विराट र विशाल रूप बढाएको छ’, मन्त्री पाण्डेले भने ।

पुस्तकका लेखक प्रा डा सोमप्रसाद खतिवडाले हनुमानढोका दरबार सङ्ग्रहालयको भ्रमण गरेपछि यससम्बन्धी पुस्तक लेख्ने सोच आएको बताए। मूर्त सम्पदाका विषयवस्तु मात्र पुस्तकमा उल्लेख गरिएको जानकारी पनि उनले गराए। 

दरबारभित्रका ११ वटा मन्दिर र दरबार बाहिरका १९ गरी ३० वटा मठमन्दिरका बारेमा पुस्तकमा उल्लेख गरिएको जानकारी पनि लेखक खतिवडाले गराए। ती मन्दिरका कला, वास्तुकलाका बारेमा पनि पुस्तकमा विषयवस्तु समावेश गरिएको छ।

हनुमानढोका दरबार हेरचाह अड्डाले प्रकाशन गरेका चित्रका बारेमा पनि पुस्तकमा उल्लेख गरिएको छ । पहिले हुने कतिपय जात्रा, पर्व यहाँ हुन छोडेको पनि कार्यक्रममा प्रा डा खतिवडाले सुनाए। 

परिषद्का अध्यक्ष एवं कलाकार बमबहादुर कार्कीले नेपालका महत्त्वपूर्ण संस्कृतिलाई अन्य देशमा पनि प्रचारप्रसार गर्न नेपालबाट प्रतिनिधित्व गर्ने राजदूतलाई यससम्बन्धी जानकारी गराइएको बताए।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ५ : ३१ बजे

संसदीय समितिमा प्रस्तावित प्रधानन्यायाधीश डा. शर्माले पेस गरे १८ बुँदे कार्ययोजना

काठमाडौँ – प्रस्तावित प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माले सर्वोच्च अदालतमा वर्षौँदेखि

ट्राफिक प्रहरीबाट एक सातामै एक करोड १८ लाख बढी राजस्व सङ्कलन

काठमाडौँ– काठमाडौँ उपत्यकामा ट्राफिक प्रहरीले वैशाख २९ गतेदेखि आजसम्म गरी

चितवनका बजारमा याक चिज उपलब्ध

चितवन– चितवनका बजारमा याक चिज उपलब्ध हुन थालेको छ ।

बलिउडको कायाकल्प गरेर अस्ताएका कलाकार

भारतीय सिनेमा र सङ्गीत उद्योगले संसारभर करोडौँ दर्शकको मन जितेको

नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरण तत्काल रोक्न चिकित्सकको माग

झापा– चिकित्सक तथा जनस्वास्थ्यकर्मीले नेपालमा आयोडिनको कमीले हुने जनस्वास्थ्य समस्याको