अर्थसंक्षेप : हिउँदे वर्षाले विद्युत र कृषि क्षेत्र प्रभावित, झिनो अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : हिउँदे वर्षाले विद्युत र कृषि क्षेत्र प्रभावित, झिनो अंकले बढ्यो नेप्से


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– हिउँदमा औसत भन्दा कम पानी पर्दा विशेष गरी नेपालको विद्युतीय ऊर्जा क्षेत्र र कृषि क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । त्यसतै सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ ।

रामपुर नगरपालिकाले आत्मनिर्भर बनाउनका लागि ज्ञान, सीप सिकाउने मात्र नभई उत्पादित सामग्रीलाई पनि बजारीकरण तथा प्रवर्द्धनमा सघाइरहेको छ ।

राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ ।

आजका आर्थिक समाचार :

टर्दै हिउँदे वर्षा- घट्न थाल्यो बिजुली उत्पादन, खाद्यबालीमा पनि गम्भीर असर

हिमाली, पहाडी, तराई तीनै क्षेत्रमा वर्षा र हिमपात नभई यो हिउँद बितेको छ । हिमाली क्षेत्रमा हिउँ नपर्दा र अन्य भेगमा पानी नपर्दा हिउँदे बालीको उत्पादन घट्ने भएको छ । मौसम पूर्वानुमान महाशाखाले यो वर्ष औसतभन्दा कम पानी पर्ने अनुमान गरेको छ ।

हिउँदमा औसत भन्दा कम पानी पर्दा विशेष गरी नेपालको विद्युतीय ऊर्जा क्षेत्र र कृषि क्षेत्रमा नकारात्मक प्रभाव पर्ने देखिएको छ । अहिलेसम्म सुख्खायाम नै रहेकाले विद्युत् उत्पादनमा ठूलो गिरावट आइसकेको छ । अर्कातिर केही हिउँदे बालीमा नकारात्मक असर पर्ने अनुमान सम्बन्धित क्षेत्रका विज्ञले गरेका छन् ।

झिनो अंकले बढ्यो नेप्से, ११ अर्ब बढीको कारोबार

सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) झिनो अंकले बढेको छ । आज नेप्से साढे ११ अर्ब बढीको कारोबारसहित २।४१ अंकले बढेर २७३० विन्दुमा पुगेको हो ।

नेप्से बढ्दा ११ अर्ब ८७ करोड ५९ लाख ६७ हजार रुपैयाँ बराबरको २ करोड ३७ लाख ७० हजार ३४८ कित्ता शेयर कारोबार भएको छ ।

नारायणघाट–बुटवल सडक विस्तारले गति लिँदै

राष्ट्रिय गौरवको आयोजनाको रुपमा अघि बढाइएको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल सडकखण्ड विस्तारको कामले तीव्रता पाएको छ ।

नारायणघाट बुटवल सडक योजना पूर्वीखण्डका सूचना अधिकारी इञ्जिनीयर शिव खनालले अहिले पूर्वीखण्डको विभिन्न १८ स्थानमा कालोपत्र गर्नेगरी काम भइरहेको जानकारी दिए । उनले यो फेब्रुअरी महिनामा गैँडाकोटबाट दुम्कीबासम्म एकतर्फी कालोपत्र पुर्‍याउने गरी काम भइरहेको बताए । उनले भने, ‘पुल र कल्भर्ट रहेका ठाउँ बाहेकका सडकमा कालोपत्र गर्नेगरी १८ ठाउँमा काम भइरहेको छ ।

ट्रम्पको निर्णयविरुद्ध मेक्सिकोले अमेरिकी सामानमा कर लगाउने

सुनको मूल्य स्थिर

सुनको मूल्य आज पनि स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार झैँ आज पनि तोलामा १ लाख ६२ हजार आठ सय रुपैयाँ कायम भई स्थिर रहेको छ ।

शुक्रबारदेखि सुनको भाउ स्थिर रहेको बेला सोमबार पनि सोही गति लिएको हो । तर, आज चाँदीको भाउ भने घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेर १ हजार आठ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

स्थानीय उत्पादनलाई बजारीकरण तथा प्रवर्द्धन गर्दै ‘रामपुर नगरपालिका’

रामपुर नगरपालिकाले आत्मनिर्भर बनाउनका लागि ज्ञान, सीप सिकाउने मात्र नभई उत्पादित सामग्रीलाई पनि बजारीकरण तथा प्रवर्द्धनमा सघाइरहेको छ । नगरभित्रका महिला उद्यमीले उत्पादन गरेका वस्तुलाई यहाँ चलेको रामपुर मेलामा नगरपालिकाले बिक्री–वितरण तथा प्रवद्र्घन कार्य गरिरहेको छ ।

नगरपालिकाले बिक्रीकक्ष तयार पारेर मेलामा स्थानीय उत्पादनका विभिन्न सामग्रीलाई राख्ने व्यवस्था मिलाएको छ । रामपुर उद्योग वाणिज्य सङ्घको आयोजनामा भइरहेको चौथो रामपुर महोत्सव तथा व्यापार मेलाका अवसरमा बिक्री कक्षमा राखिएका स्थानीय सामग्री अवलोकनकर्ताको आकर्षण बनिरहेको छ ।

अंग्रेजी वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटक नेपाल भित्रिए

अंग्रेजी वर्षको पहिलो महिनामा झण्डै ८० हजार पर्यटक नेपाल घुम्न आएका छन् । अध्यागमन विभागको तथ्यांकअनुसार जनवरीमा ७९ हजार ९९१ जना पर्यटक नेपाल घुम्न आएका हुन् ।

तथ्यांकअनुसार जनवरी महिनामा सार्क मुलुकबाट २९ हजार ४८७, अन्य एशियाली मुलुकबाट २० हजार ३९१, युरोपियन मुलुकबाट १० हजार ३६७ र अमेरिकन मुलुकबाट ९ हजार ६३७ जना पर्यटक नेपाल घुम्न आएका छन् ।

वन्यजन्तुबाट भएको क्षतिको राहतको आशमा गुल्मीका किसान

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ६ : ५८ बजे

साउनमा एक खर्ब ४३ अर्बको आयात, २३ अर्बको निर्यात

काठमाडौं– चालु आर्थिक वर्षको पहिलो महिनामा रु एक खर्ब ६६

स्थानीय निकायबाट आधारभूत स्वास्थ्य सेवा प्रवाह हुँदै

मोरङ– स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले आगामी असोज मसान्तसम्ममा स्थानीय

लिपुलेक नाका सम्बन्धी भारत–चीन सहमतिको विरोध (तस्बिरहरू)

काठमाडौं– संयुक्त विद्यार्थी संगठनले भारत र चीनबीच हालै भएको लिपुलेक

वर्षौँपछि पाकिस्तानका परराष्ट्रमन्त्रीको बंगलादेश भ्रमण

ढाका- पाकिस्तानका परराष्ट्रमन्त्री इसहाक डार शनिबार बंगलादेशको भ्रमणमा गएका छन्

‘स्क्रब टाइफस’बाट एक जनाको मृत्यु

चितवन– स्क्रब टाइफसबाट शनिबार यहाँ एक महिलाको मृत्यु भएको छ