प्राविधिक शिक्षा आजको आवश्यकता : सञ्चारमन्त्री गुरुङ « Khabarhub

प्राविधिक शिक्षा आजको आवश्यकता : सञ्चारमन्त्री गुरुङ


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले प्राविधिक शिक्षा आजको मुख्य आवश्यकता रहेको बताएका छन् ।  

लमजुङको मर्स्याङ्दी गाँउपालिका–४ ताघ्रिङ, छापा गाउँमा रहेको प्रेम मिलन माध्यमिक विद्यालयको २९औँ वार्षिकोत्सव तथा रजतजयन्ती समारोहमा उनले युग सुहाउँदो शिक्षाका लागि अब पुरानो र परम्परागत शिक्षा नीति परिमार्जन गर्नुपर्ने बताए । 

‘सही शिक्षा नीति नहुँदा शिक्षामा गरिएको लगानीबाट सोचेअनुसार लाभ लिन सकिएको छैन । यसकारण परिवर्तित समयअनुसारको गुणस्तरीय शिक्षा र शिक्षा प्रणालीका लागि शिक्षा नीति परिमार्जन गर्नु अहिलेको आवश्यकता हो’, मन्त्री गुरुङले भने ,’सरकारले सोही सोचका साथ शिक्षा नीति ल्याउने तयारी गरेको छ । पुरानो शिक्षा नीति संशोधन गरेर अहिले संसद्मा नयाँ शिक्षा विधेयक छलफलको क्रममा छ । अबको नीतिमा प्राविधिक, सीपमूलक शिक्षा अनिवार्य हुनुपर्छ ।’

नेपाल सरकारका प्रवक्ता मन्त्री गुरुङले पढेर विदेश पलायन हुनेभन्दा पनि स्वदेशमै बसेर आत्मनिर्भर हुने खालको शिक्षा दिन आवश्यक रहेको भन्दै त्यसका लागि सूचना प्रविधिमैत्री शिक्षा अवलम्बन गर्न आग्रह गर्न आग्रह गरे।

‘अबका बालबालिकाले कम्प्युटर चलाउन जानेनन् भने अशिक्षितजस्तै हुन्छन् । सूचना प्रविधिबारे बुझ्न र बुझाउन जरुरी छ । सरकारले पनि शिक्षालाई सूचना प्रविधिमैत्री बनाउने प्रयास गरिरहेको छ’, उनले भने। 

मन्त्री गुरुङले शिक्षामा सरकारले गरेको लगानीको प्रतिफलका लागि शिक्षक, अभिभावक र स्थानीय तहले गम्भीर बन्नुपर्ने धारणा राखे । सरकारले आवश्यक कानुन निर्माण र सुधारमा जोड दिएको भन्दै उहाँले सरकारले हालै ल्याएको अध्यादेश त्यसैको सुरुआत भएको र यसले जनताको हित हुने जिकिर गरे ।

 मन्त्री गुरुङले भने, ‘जनताको सेवा नै अहिलेको सरकारको मुख्य प्राथमिकता रहेको हो । जनताको तत्कालको समस्या समाधान गर्न अध्यादेश ल्याइएको हो । यो संसद् चालु अवस्थामा नरहेका बेला सरकारले ल्याउनसक्छ भन्ने थाहा हुँदाहुँदै विपक्षले गरेको विरोधको कुनै अर्थ छैन ।’

कार्यक्रममा संविधानसभा सदस्य जमिन्द्रमान गुरुङले समय सापेक्ष शिक्षा नीति अवलम्बन गर्न अपरिहार्य भइसकेको बताए। 

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ६ : ४६ बजे

एम्बाप्पे र सिल्भाको गोलमा मड्रिडको सहज जित, लिग चरणमा शतप्रतिशत नतिजा

काठमाडौँ – बर्नाडो सिल्भा र केलियन एमबाप्पेको उत्कृष्ट प्रदर्शनप्रेरित रियल

पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचोको नवदुर्गा नाच प्रदर्शन

ललितपुर – पाटन दरबार सङ्ग्राहलयको मूलचोकमा ठेचो (थेच्व)को नवदुर्गा नाच

मैथिल परम्पराको रावणवध उत्सव सम्पन्न

महोत्तरी – शारदीय दशहरा अर्थात् विजया दशमीका दिन मिथिलामा मनाइने

यु-१९ महिला विश्वकपको आयोजक नेपाल समूह ‘ए’ मा : भारत, आयरल्याण्ड र वेष्ट इन्डिजसँग भिड्ने

काठमाडौँ – नेपालले बङ्गलादेशसँग संयुक्तरूपमा आयोजना गर्न लागेको आइसिसी यु–१९

आज बिहीबार, भगवान विष्णुको पूजा गर्नुहोस्

काठमाडौँ- २०८३ साल कात्तिक ५ गते बिहीबार सन् २०२६ अक्टोबर