सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी « Khabarhub

सूर्यगढी गाउँपालिकाद्वारा चारबुँदे घोषणापत्र जारी


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

त्रिशूली– यहाँको सूर्यगढी गाउँपालिकाले आफ्नो १६औँ अधिवेशन (गाउँसभा) नेपाल–भोट (चीन)युद्धको क्रममा निर्माण गरिएको ‘सूर्यगढी’ मा सम्पन्न गरेको छ ।

जलवायु परिवर्तनको असर न्यूनीकरणमा स्थानीय सरकारले निर्वाह गर्न सक्ने भूमिकाको जिम्मेवारी बहन गर्ने उद्देश्यले आइतबार देखि सुरु भएको अधिवेशन आज सम्पन्न गरेको हो । अधिवेशनले चारबुदेँ ‘सूर्यगढी घोषणापत्र-प्रतिबद्धतापत्र’ जारी गरेको छ।

सूर्यगढीको संरक्षण, प्रवर्द्धन एवं प्रचारमा सहयोग पुग्ने सन्देश प्रवाहका लागि गढीमा सभा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष सन्तबहादुर घलेले जानकारी दिए। उनकाअनुसार जारी घोषणापत्रमा गढी संरक्षण र प्रवर्द्धनसँगै जलवायु परिवर्तनको प्रभावलाई पालिकाबाट गर्न सक्ने न्यूनीकरणका सम्बन्धमा छलफल गरी गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।

चार बुँदे प्रतिबद्धता एवं घोषणापत्रमा सूर्यगढीमा पर्यटन प्रवर्द्धन गर्नका लागि नियमित सरसफाइ गरेर फोहर मैलाको उचित व्यवस्थापन गर्ने र आगामी आर्थिक वर्षमा गढीसहित यस आसपासमा रहेको खाली भूमिमा गुराँसको बिरुवा वृक्षारोपण गर्ने, सूर्यगढीको पहरामा नेपालको नक्सा अङ्कित सौन्दर्य झल्काउने आकर्षक कलाकृति बनाउने उल्लेख छ ।

हरित विकासलाई आत्मसात गर्ने, सूर्यगढीसहित आसपासमा रहेका चन्द्रगढीलगायत गढीमा हरेक वर्ष लाग्दै आएको डढेलो नियन्त्रण गर्न विशेष कार्यक्रम सञ्चालन गर्ने, शिक्षा र स्वास्थ्यको विकास एवं गुणस्तरीय सेवाको लागि विशेष क्षेत्र घोषणा गर्ने उल्लेख गरिएको सभाका सदस्य सचिव एवं गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत शैलेश किरण राईले जानकारी दिए ।

सूर्यगढीसहित यसका करिब आधा दर्जन गढी जीर्ण भएकाले इतिहासको संरक्षण र प्रवर्द्धन गर्दै यसको प्रचारमार्फत पर्यटक भित्र्याउन गाउँपालिकाले एक हजार छ सय ७३ मिटर उचाइमा रहेको गढीमा गाउँसभा गरेर सरोकारवालाहरुको ध्यान केन्द्रित गराएको छ । 

इतिहासमा प्राप्त तथ्यअनुसार नेपाल–भोट (चीन) युद्धको क्रममा सूर्यगढीको महत्त्व उल्लेख छ । मूलडाँडो नुवाकोटलाई सुरक्षित आधार तयार गर्न वेत्रावती नदीलाई वरिपरिको किल्ला मजबुत बनाउन नेपाली सेनाले बनाएको यही गढीबाट नेपाली पक्ष विजय भएसँगै विसं १९४९ मा ऐतिहासिक वेत्रावती सन्धि भएको थियो । 

यस गढीबाट नुवाकोट, रसुवाको अधिकांश भूगोल प्रस्टसँग देख्न सकिन्छ भने लाङटाङ, गणेशसहितका हिमशृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ७ : १५ बजे

निर्वाचन प्रहरीका लागि खोटाङमा मागभन्दा कम युवाको आवेदन

खोटाङ– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

ट्रम्पको ‘बोर्ड अफ पिस’मा पाकिस्तान सहभागी भएपछि देशभित्र मतभेद

काठमाडौं- अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहलमा गठन गरिएको ‘बोर्ड अफ

कांग्रेसले सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने

काठमाडौं– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा

अख्तियारमा तनहुँका स्थानीय तहविरुद्ध ७३ उजुरी

दमौली– अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा तनहुँका स्थानीय तहविरुद्ध

यस्तो छ आजको कृषिउपजको थोक मूल्य

काठमाडौं–  कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि