नवप्रतिभालाई विजय बरालको फिल्ममा गीत गाउने अवसर « Khabarhub

नवप्रतिभालाई विजय बरालको फिल्ममा गीत गाउने अवसर


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘पूर्णबहादुरको सारङ्गी’ले कीर्तिमानी व्यापार गरेपछि विजय बरालको परिचय फेरिएको छ । उनी फिल्मको सहायक पात्रबाट नायकका रुपमा चिनिन लागेका छन् ।

आफू केन्द्रीय भूमिकामा रहेको पहिलो फिल्म हिटको रापतापमै विजय लगत्तै ठूलो पर्दामा नदेखिने निर्णय गरे । उनी नाटक ‘हरि हजुरबा’मा व्यस्त बने ।

विजयलाई दर्शकले दोस्रो पटक पनि केन्द्रीय भूमिकमा भने देख्न पाउने भएका छन् । उनले केन्द्रीय भूमिकाका लागि फिल्म ‘जनै हराएको बाहुन’मा अनुबन्ध भइसकेका छन् ।

केही साताअघि उनले कागजी सम्झौता गरेका हुन् । फिल्मको छायाङ्कन आगामी चैतबाट सुरु हुने बुझिएको छ ।

सरस्वती पूजाको अवसर पारेर सोमबार फिल्म जनै ‘हराएको बाहुन’को थिम संवाद सार्वजनिक गरिएको छ । उक्त संवादमा विजय र नायक मनिष राउतको स्वर रहेको छ ।

उक्त संवादमा बूढी आमालाई छोडेर शहर हिड्न लाग्दा विजयले साथीसँग गरेको दुखेसो सुन्न सकिन्छ । विजयले साथीलाई भन्छन्, ‘अनि नि साथी मेरो आमालाई भन्दे ! मेरो सपना पूरा नहुज्लेल बुढी नहुनु भन ल ?’

यो संवादले फिल्मको कथा परदेश हिँड्न बाध्य छोरा र बुढीमा केन्द्रित रहेको अनुमान गर्न सकिन्छ । फिल्मको शीर्षक व्यंग्यात्मक जस्तो लागे पनि थिम संवादले फिल्म भावुक कथा बोकेको संकेत गर्छ ।

संवादको अन्तिममा गीत बज्छ- ‘हे आमा म कमाएर गाउँ नफर्किंदासम्म तिमी बूढी नहुनु है !’

थिम संवादमा रहेको यही गीत गाएर टिकटकमा पोस्ट गर्ने नवप्रतिभाले अवसर पाउने भएका हुन् । निर्माण पक्षका अनुसार उत्कृष्ट स्वर हुनेलाई गीत रेकर्ड गर्ने अवसर दिइनेछ । जुन गीत चलचित्रको सामावेश हुनेछ । उक्त गीतमा अर्जुन पोखरेलको सङ्गीत रहने बताइएको छ ।

यस फिल्ममा विजय र मनिषबाहेक अन्य कलाकार सार्वजनिक गरिएको छैन । मनिष यस फिल्मको असोसियट निर्देशकसमेत हुन् ।

यसै फिल्मबाट हिमाल न्यौपानेले निर्देशनमा डेब्यू गर्दैछन् । चलचित्रको कथा, पटकथा र संवाद भानुभक्त ढकालले लेखेका छन् ।

‘जनै हराएको बाहुन’लाई पेपरक्लिप प्रालिले निर्माण गर्न लागेको हो । निर्मातामा सिआर बस्नेत, कमल न्यौपाने, आरके मानन्धर, विमल न्यौपाने, फिलिप डिसी र निशान्त श्रेष्ठ छन् । फिल्म वि.सं. २०८२ सालमा प्रदर्शनमा आउने बताइएको छ ।

थिम संवादको लिंक : https://www.facebook.com/watch/?v=976616421103858

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : ०३ बजे

पश्चिम बंगालका पूर्व विधानसभा उपसभामुख आशीष बनर्जी पार्टी कार्यालयमै झुन्डिएको अवस्थामा भेटिए

काठमाडौं– पश्चिम बंगाल विधानसभा पूर्वउपसभामुख तथा तृणमूल कांग्रेस (टीएमसी) का

विदेशी उपाधिको समकक्षता निर्धारणको जिम्मेवारी अनुदान आयोगलाई

काठमाडौं– विश्वविद्यालय अनुदान आयोगले विदेशी विश्वविद्यालय वा सोसरहका शैक्षिक संस्थाबाट

विपद् जोखिम न्यूनीकरणमा पूर्वतयारी र समन्वयमा जोड

सुदूरपश्चिम– सुदूरपश्चिम प्रदेश सरकारले सम्भावित विपद्बाट हुने जनधनको क्षति न्यूनीकरणका

क्षयरोग केन्द्र ठिमीबाट ग्यास वितरण, नागरिकता वा राष्ट्रिय परिचयपत्र अनिवार्य

काठमाडौं– नेपाल आयल निगमको समन्वयमा राष्ट्रिय क्षयरोग केन्द्र भक्तपुरको ठिमीमा

देउवाकै सभापतित्वमा १५औँ महाधिवेशन गर्ने इतर समूहको घोषणा, बढ्यो कांग्रेस विभाजनको जोखिम

काठमाडौं- नेपाली कांग्रेसको संस्थापन इतर समूहद्वारा शुक्रबारदेखि आयोजित राष्ट्रिय भेला