बजेट खर्च बढाउने गरी काम गर्न प्रदेश प्रमुखको आग्रह « Khabarhub

बजेट खर्च बढाउने गरी काम गर्न प्रदेश प्रमुखको आग्रह


२१ माघ २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

कर्णाली – कर्णाली प्रदेश प्रमुख यज्ञराज जोशीले कर्णालीमा बजेट खर्च बढाउने गरी काम गर्न सुझाव दिएका छन् । कर्णाली प्रदेशसभाको सातौँ स्थापना दिवस–२०८१ को अवसरमा आज सुर्खेतको वीरेन्द्रनगरमा आयोजित कार्यक्रममा उनले लक्ष्यअनुसार चालु आर्थिक वर्षको बजेट खर्च खर्च गर्न सबै निकाय गम्भीर भएर लाग्न आग्रह गरे ।

“बजेट खर्च किन हुन सक्दैन । यस विषयमा बेलैमा ध्यान दिउँ र यहाँको विकासमा निम्ति सबै एकजुट भएर लागौँ । पर्याप्त स्रोतसाधन छैन तर भएकै स्रोत पनि खर्च गर्न सक्दैनन् भनेर प्रश्न उठ्न दिनुहुँदैन”, प्रदेश प्रमुख जोशीले भने।

उनले विकास सबैको साझा मुद्दा भएकाले एकताबद्ध भई जाँगरका साथ अगाडि बढे परिवर्तनको अनुभूति गराउन सकिने धारणा राखे । “यहाँ थुप्रै सम्भावना छन् । पेट्रोलियम पदार्थको सम्भावनाका बारेमा पनि चर्चा भइरहेको छ । यसर्थ यी सबै सम्भावनालाई साकार गर्न सबै दल, कर्मचारी र सरोकार भएकाहरू दत्तचित्त भएर लाग्नुपर्छ”, प्रदेश प्रमुख जोशीको भनाइ छ ।

प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले कानुनी दायित्व सिर्जना भएका आयोजनामा प्रदेश सरकारले चालु आवमा ७० प्रतिशत बजेट विनियोजन गरेको बताए । विगतका काममा ढिलाई गरेका केही निर्माण व्यवसायीबाहेक सबै सम्पर्कमा आएर काम अगाडि बढाइएको उनले जानकारी दिए । मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले बजेट कार्यान्वयनलाई प्राथमितामा राखेर योजना अगाडि बढाएको बताए ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा संसदीय दलका नेता एवं पूर्वमुख्यमन्त्री राजकुमार शर्माले नेपाली जनताको त्याग र सङ्घर्षबाट प्राप्त संविधान र व्यवस्था कार्यान्वयनका लागि पनि साझा बुझाई आवश्यक भएको बताए । समन्वयात्मक प्रणालीअनुसार सङ्घीयता कार्यान्वयन गर्ने भनिए पनि केन्द्रीकृत मानसिकताले प्रदेश सरकार प्रभावित हुँदा अपेक्षित गति नदेखिएको उनको भनाइ थियो ।

कर्णाली प्रदेशसभाका सभामुख नन्दा गुरुङ र उपसभामुख यशोदा न्यौपाने प्रदेशसभाका सात वर्षमा भएका गतिविधि, सरकार, सदनबीच सम्बन्ध र उपलब्धिका विषयमा आफ्नो भनाइ राखे । प्रदेश सकारका मन्त्रीहरू, प्रदेशसभा सदस्य, उच्च अदालत सुर्खेतका वरिष्ठ न्यायाधीश कृष्णलाल भट्टराई, कर्णाली प्रदेश सरकारका प्रमुख सचिव लोकनाथ पौड्याललगायत सहभागी कार्यक्रम प्रदेशसभाको स्मारिका विमोचन गरिएको थियो ।

प्रकाशित मिति : २१ माघ २०८१, सोमबार  ८ : १४ बजे

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका