पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल | Khabarhub Khabarhub

पोखरामा एक वर्षभित्र जलन उपचार अस्पताल


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

पोखरा – पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले पोखरामा एक वर्षभित्रै सुविधासम्पन्न जलन युनिट वा अस्पताल बनाउने प्रतिबद्धता जनाएका छन्।

एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलको ‘अग्नि जलनमा मलम’ सत्रमा पत्रकार टीकाराम यात्रीसँगको संवादमा मेयर आचार्यले अन्तर्राष्ट्रिय विमानस्थल भएको सहर भएकाले त्यो बनाउनैपर्ने बताएका हुन्। ‘पोखरामा अब एक वर्षभित्र सुविधासम्पन्न जलनको यूनिट बन्छ भनेर पीडककै अवस्थामा मैले डाक्टर सा’बलाई भनेको छु,’ उनले भने, ‘क्यान, नेपाल सरकारले पनि साथ दिनुपर्छ। कम्तीमा तीन वटा विमानस्थल भएको ठाउँमा यो अन्तर्राष्ट्रिय प्रोटोकलमा पनि पर्ने भएकाले बाध्यात्मक हिसाबले सुविधासम्पन्न युनिट अथवा अस्पताल बनाउनुपर्छ भन्ने प्रतिबद्धता मेरो छ।’

गत फागुन ३ गते पोखरा भ्रमण वर्षको उद्घाटन गर्ने क्रममा बेलुन पड्किँदा उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्य घाइते भएका थिए। पोखरामा जलनको उपचार हुने पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई स्रोत साधनयुक्त बनाउन आवश्यक रहेको मेयर आचार्यले बताए।

कीर्तिपुर अस्पतालले दिएजस्तै सेवा प्रदेश सदरमुकाममा ल्याउने सरकारको योजना सफल हुनु आवश्यक रहेको मेयर आचार्यको भनाइ थियो।

कीर्तिपुर अस्पतालले दिएजस्तै सेवा प्रदेश सदरमुकाममा ल्याउने सरकारको योजना सफल हुनु आवश्यक रहेको मेयर आचार्यको भनाइ थियो।

जलनसम्बन्धी सचेतना र प्राथमिक उपचारबारे विद्यालयदेखि नै सिकाउन आवश्यक रहेको मेयर आचार्यले बताए। जलनको विषय विद्यालय तहको पाठ्यपुस्तकमा समेट्न पाठ्यक्रम विकास केन्द्रसँग पहल गर्ने उनले प्रतिबद्धता जनाए।

कीर्तिपुर अस्पतालका प्लाष्टिक सर्जन विभाग निर्देशक डा. किरण नकर्मीले नेपालमा जलनका ७० प्रतिशत घटना घरभित्रै हुने गरेको सुनाए।

देशभर ९० वटा केन्द्र भएमा जलनको प्राथमिक उपचार घटना भएको दुई घण्टाभित्रै गर्न सकिने उनको भनाइ छ। ‘जल्नेबित्तिकै हेल्थ पोष्ट, जिल्ला अस्पतालमा उपचार गर्न सकिन्छ। देशभर ९० वटा केन्द्र भएमा २ घण्टामा प्राथमिक उपचार पाउन सकिन्छ,’ डा। नकर्मीले थपे, ‘त्यसपछि २० प्रतिशत जलेका घटना प्रादेशिक अस्पतालमा गर्न सकिन्छ र त्योभन्दा बढी भए केन्द्रमा लैजान सकिन्छ।’

कीर्तिपुर अस्पतालमा जलन उपचारका लागि हाल ३५ शय्या रहेको र दुई वर्षभित्र ७० शय्याको नेपाल जलन उपचार केन्द्र बनाउने योजना रहेको उनले सुनाए।

घटना घटिसकेपछि आत्तिन नहुने भन्दै डा. नकर्मीले केही प्राथमिक उपचारका उपाय सुझाए। ‘आगो लागेपछि आत्तिएर भाग्न हुँदैन। भुइँमा लड्नुपर्छ। लडीबुडी गर्नुपर्छ। जिउमा भएको लुगा र गहना खोल्नुपर्छ,’ उनले थपे, ‘तातोपना घुम्सिएर घाउ गहिरो हुन्छ। पोलेको ठाउँमा पानी खन्याउनुपर्छ। त्यसले घाउ गहिरो हुँदैन। तर, त्यो कुरा धेरै भएको पाइँदैन।’

देशभर ९० वटा केन्द्र भएमा जलनको प्राथमिक उपचार घटना भएको दुई घण्टाभित्रै गर्न सकिने डा. किरण नकर्मीको भनाइ छ।

जलनविरुद्धका अभियन्ता उज्वलविक्रम थापाले जलनलाई वार्षिक ७० हजार नेपालीले व्यहोनुपर्ने अमानवीय नरसंहारको रूपमा व्याख्या गरे। दुर्घटना जुनसुकै समय हुनसक्ने भन्दै थापाले पहिल्यै सचेत हुन आग्रह गरे। ‘मनुष्य जलेपछि कति पीडादायी हुन्छ भन्ने कुरा हरेक व्यक्तिको समान हुन्छ। एउटै गल्तीले जल्ने गर्छन्। मलाई हुँदैन भन्ने भ्रममा नबाँच्नुहोला। कसैलाई पनि कुनै समय पर्न सक्ने भएकाले यसलाई रोग होइन दुर्घटना भनिएको हो,’ थापाले भने।

आगोसँग नजिक हुने श्रमिकको बीमा गरिदिन उनले व्यवसायीलाई आग्रह गरे। पेट्रोल पम्पमा मोबाइल नचलाउन, जन्मदिनमा प्रज्वलनशील वस्तु प्रयोग नगर्न, भान्सामा हुँदा सामाजिक सञ्जालमा व्यस्त नहुन, कोठामा हिटर बालेर नछोड्ने अभियन्ता थापाले सुझाव दिए।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ६ : १० बजे

युएईमा भारतीय महिलालाई मृत्युदण्ड

काठमाडौं – संयुक्त अरब इमिरेट्स (युएई)मा भारतीय महिला शहजादी खानलाई

दिवंगत पत्रकार पुडासैनीको पारिश्रमिक नदिए कडा आन्दोनल गर्ने महासंघको चेतावनी

काठमाडौं – नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले यसै वर्ष

नेमकिपाको नयाँ नेतृत्व चयन मङ्गलबार

भक्तपुर – नेपाल मजदुर किसान पार्टीको आठौँ महाधिवेशन लम्बिएको छ

बङ्गलादेशको राजधानीको एक होटलमा आगलागी हुँदा ४ जनाको मृत्यु

ढाका – बङ्गलादेशको राजधानी ढाकाको एक आवासीय होटलमा सोमबार भएको

मिथिला मध्यमा परिक्रमामा ‘हेल्प डेस्क’ सञ्चालन

जलेश्वर – मिथिला मध्यमा परिक्रमाका भक्तजनको सुविधाका लागि नेपाल–भारत खुला