स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा « Khabarhub

स्पेनिस ला लिगा : रियल सोसिडाडलाई हराउँदै बार्सिलोना शीर्ष स्थानमा


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


144
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रियल सोसीडाडलाई ४-० ले हराउँदै बार्सिलोना स्पेनिस ला लिगाको अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।

खेलको १७ औँ मिनेटमा एरिज एलिस्टौनडोले रातो कार्ड पाएपछि सोसिडाड १० खेलाडीमा सीमित भएको थियो। त्यसको ८ मिनेटपछि नै लामिन यमल र डानी अल्मो मिलेर बनाएको मुभमा गुरार्ड मार्टिनले बार्सिलोनाका लागि गोल गरे।

त्यसको ४ मिनेटपछि अल्मोको सहयोगमा मार्टिनले अर्को गोल गरे। ५६ औँ मिनेटमा अराउजाले अर्को गोल थपे भने अन्तिम गोल रोबर्ट रेडवास्कीले गरे।

अन्य खेलमा लृगानेसले गेटाफेलाई १-० ले हरायो भने मालोर्का र डेपोर्टिभो अल्भासबीच १-१ गोलको बराबरी भयो। यसैगरी, ओसासुना र भ्यालेन्सियाले ३-३ गोलको बराबरी खेलेका छन्।

तालिकामा बार्सिलोना ५७ अङ्कसहित शीर्ष स्थानमा छ भने दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिडको ५६ तथा तेस्रो स्थानको रियल म्याड्रिडको ५४ अङ्क छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : ३३ बजे

दसैँ बिदामा १५ हजार बढीबाट हेटौँडास्थित शहीद स्मारकको अवलोकन

बागमती– बागमती प्रदेशको राजधानी हेटौँडास्थित शहीद स्मारकको यस वर्षको दसैँ

ह्यारी केनले जिते बालोन डी’ओर अवार्ड

काठमाडौँ– इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्टार स्ट्राइकर

बाढीपहिरोले पाइपलाइन बगाएपछि बेनीमा खानेपानीको समस्या

म्याग्दी- म्याग्दीको सदरमुकाम बेनी बजारमा खानेपानीको अभाव हुन थालेको छ

आज देशभरको मौसम कस्तो रहला ?

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सामूहिक फूलखेतीबाट आम्दानी गर्दै शिवसताक्षीका महिला

झापा– पहेँलपुर बनेको बारी, ढकमक्क फुलेका सयपत्री फूल । झापाको