अमेरिकासँग खनिज सम्झौता गर्न जेलेन्स्की तयार « Khabarhub

अमेरिकासँग खनिज सम्झौता गर्न जेलेन्स्की तयार


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


675
Shares
  • change font
  • change font
  • change font

लण्डन – युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले युक्रेन र अमेरिकाको सम्बन्ध निरन्तर कायम रहने बताएका छन्। युक्रेन बचाउनका लागि लन्डनमा आयोजित युरोपेली देशको सम्मेलनको दौरान जेलेन्स्कीले सो कुरा बताएका हुन्।

उनले यसअघि चर्चामा रहेको अमेरिकासँगको खनिज सम्झौताका लागि आफू अझै तयार रहेकोसमेत प्रष्ट पारेका छन्। जेलेन्स्कीले युक्रेको रक्षाका लागि अमेरिकासँग खनिज सम्बन्धी सम्झौतामा हस्ताक्षर गर्न तयार भएको बताएका हुन्।

शुक्रबार खनिज सम्झौतामा लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग जेलेन्स्कीले गरेको वार्ता भने तनावपूर्ण ढंगले सकिएको थियो। त्यसपछि सहयोग माग्दै युरोप पुगेका जेलेन्स्कीकीले अमेरिकासँगको सम्बन्धलाई कायम राख्दै नयाँ सम्झौताका लागि आफू तयार रहेको दोहोर्याएका हुन्।

अमेरिकी राष्ट्रपति ट्रम्पसँगको वार्तामा तनाव भएको २४ घण्टा नबित्दै जेलेन्स्कीले बेलायती प्रधानमन्त्री केइर स्टेइमरसँग भेट गरेका थिए।

स्टेइमर र जेलेन्स्कीबीच डाउनिङ स्ट्रिटमा भएको भेटमा बेलायतले युक्रेनलाई २.८ अर्ब अमेरिकी डलर ऋण प्रदान गर्ने विषयमा हस्ताक्षर भइसकेको छ। त्यसपछि युरोपेली देशका शीर्ष नेताले बैठक गरेरै युक्रेनलाई साथ दिने निर्णयसमेत गरिसकेका छन्।

युरोपेली नेताले अमेरिकालाई समेट्ने तयारीसहित युक्रेन जोगाउन १८ देशले गठबन्धन बनाउने निर्णय गरेका हुन्।

यो पनि

बेलायतबाट युक्रेनले पायो २.८ अर्ब अमेरिकी डलर

ह्वाइट हाउसमा ट्रम्प र जेलेन्स्की बीच भनाभन हुँदा वार्तामै तनाव

ह्वाइट हाउसभित्र विश्वलाई तरंगित बनाउने चर्काचर्की (संवादसहित)

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : ५४ बजे

महामन्त्रीमा रञ्जित कर्ण उम्मेदवारी घोषणा

काठमाडौं– नेपाली कांग्रेसका नेता रञ्जित कर्णले महामन्त्री पदमा उम्मेदवारी घोषणा

निगमलाई नतिजामुखी बनाउन जोड : पर्यटनमन्त्री पौडेल

काठमाडौँ– नेपाल वायुसेवा निगमलाई नतिजामुखी बनाउन पूर्ण स्वायत्त रुपमा काम

विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा तीन शहरमा प्रभातफेरी

काठमाडौं- विश्व लगानीकर्ता सप्ताह २०२६ को अवसरमा नेपाल धितोपत्र बोर्डको

भूमिहीन सुकुम्बासी समस्या एक हजार दिनभित्रै समाधान हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले सात दशकदेखि अनिर्णित अवस्थामा रहेको भूमिहीन

मतदाता सूची विवादमा निर्वाचन आयोगसँग सर्वोच्चको जवाफ माग

नयाँदिल्ली- भारतको सर्वोच्च अदालतले मतदाता नामावलीको व्यापक पुनरावलोकनसम्बन्धी निर्णयबारे सरकार र