विराट गोल्डकप : उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने « Khabarhub

विराट गोल्डकप : उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नवौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको उद्‌घाटन खेलमा आज आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्लब कोलकाताबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।

विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुने छन् ।

विजेता टिमले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक नवीन रिजालले जानकारी दिए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ प्रदान गरिने छ भने उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र दैनिक उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ८ : ५७ बजे

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना