विराट गोल्डकप : उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने « Khabarhub

विराट गोल्डकप : उद्घाटन खेलमा मोरङ एफसी र साउथर्न समिति भिड्ने


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

विराटनगर– नवौँ संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगिता आजदेखि सुरु हुँदैछ ।

प्रतियोगिताको उद्‌घाटन खेलमा आज आयोजक रिजालको मोरङ एफसी र साउथर्न समिति फुटबल क्लब कोलकाताबीच प्रतिस्पर्धा हुनेछ । खेल साँझ साढे ६ बजे सुरु हुनेछ ।

विराटनगरको साथ फुटबलको विकास भन्ने नाराका साथ आयोजित प्रतियोगितामा २ भारतीयसहित १० टोली सहभागी हुने छन् ।

विजेता टिमले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्ने प्रतियोगिताका संयोजक नवीन रिजालले जानकारी दिए ।

प्रतियोगिताका सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार रुपैयाँ प्रदान गरिने छ भने उत्कृष्ट प्रशिक्षक, सर्वाधिक गोलकर्ता र दैनिक उत्कृष्ट खेलाडीलाई जनही १५ हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।

प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ८ : ५७ बजे

इनिशा हत्या प्रकरणमा दोषीलाई कारबाहीको माग गर्दै संयुक्त नागरिक पार्टीको

काठमाडौं– इनिशा बिक हत्या प्रकरणमा दोषीलाई कडा कारबाहीको माग गर्दै

‘कार्की आयोगको प्रतिवेदन सार्वजनिक गर’ भन्दै माइतीघरमा प्रदर्शन

काठमाडौं– भदौ २३ र २४ को घटनासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक

स्वास्थ्य बीमाको सास्ती : अनुभवी मन्त्रीको प्रयासमा पनि फुकेन गाँठो

काठमाडौं- जेन-जी आन्दोलनपछिको विषम परिस्थिति सम्हाल्न गत भदौ २७ गते

नाइजेरियामा आत्मघाती आक्रमण : २३ जनाको मृत्यु, सयभन्दा बढी घाइते

एजेन्सी– उत्तरपूर्वी नाइजेरियामा भएको आत्मघाती आक्रमणमा २३ जनाको मृत्यु हुनुका

श्रीलंकामा इन्धन संकट, सरकारी कार्यालय बुधबार बन्द रहने

एजेन्सी– श्रीलंकाले देशमा देखिएको इन्धन अभाव व्यवस्थापन गर्न सरकारी क्षेत्रका