भोजपुरको सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीय « Khabarhub

भोजपुरको सिद्धेश्वर शिवपञ्चायन मन्दिर संरक्षण गर्दै स्थानीय


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

भोजपुर– भोजपुरको टेम्केमैयुङ गाउँपालिका– ५ मझौलेमा रहेको सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा स्थानीय जुटेका छन् ।

धार्मिक पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले स्थापना भएको यो देवस्थलको प्रचारप्रसारसँगै संरक्षणमा स्थानीयवासी जुटेका हुन् । स्थानीय युवाको सक्रियतामा यो मन्दिरको संरक्षण भइरहेको छ ।

स्थानीयले वडा कार्यालयबाट प्राप्त बजेटबाट घेराबारा गरेका हुन् । सरोकारवाला पक्षसँग बजेट मागसँगै स्थानीयबाट श्रमदान गरेर मन्दिरको संरक्षण गरिरहेको टेम्केमैयुङ– ५ गजलेका स्थानीय रमेश विष्टले बताए ।

अहिले वडाबाट प्राप्त दुई लाख र श्रमदानमार्फत ५० हजार गरी करिब दुई लाख ५० हजार बजेटबाट मन्दिरमा बाह्र मिटर चौडाइ, २० मिटर लम्बाइ  र डेढ मिटर उचाइ बराबरको घेराबारा गर्ने काम सम्पन्न भएको उनले जानकारी दिए ।

‘सिद्धेश्वर शिव पञ्चायन मन्दिरको संरक्षणमा जुटेका छौँ’ उनले भने, ‘मन्दिरमा घेराबारा नहुँदा पशुचौपाया पस्ने तथा मन्दिरको असुरक्षा बढेकोले संरक्षण गरेका हौँ । मन्दिरको संरक्षण तथा प्रचारप्रसारमा स्थानीयवासी जुटेको छौँ । श्रमदानसँगै विभिन्न निकायमा बजेट माग गरेर मन्दिरको संरक्षण गरिरहेका छौँ ।’

मन्दिरको शिरमा प्रसिद्ध धार्मिक तथा पर्यटकीय क्षेत्र टेम्केडाँडा रहेकोले यो मन्दिरमा आन्तरिक तथा बाह्य पर्यटनको राम्रो सम्भावना रहेको स्थानीयवासी शिवकुमार विष्टले बताए । यो क्षेत्रको विकासका लागि गाउँका युवा एकजुट भएर संरक्षण तथा विकास लागेको उनको भनाइ छ । यो मन्दिर टेम्केको काखमा रहेकाले नेपाल सरकारको एक सय गन्तव्यभित्र पर्न सफल ‘मुन्दुम पदमार्ग’लाई यो क्षेत्र भएर विस्तार गर्न आवश्यक रहेको उनको भनाइ छ ।

‘यो क्षेत्र धार्मिक तथा पर्यटकीय हिसाबले महत्वपूर्ण छ’ उनले भने, ‘तर मझौले क्षेत्रमा पदमार्ग विस्तारको कुनै योजना छैन । यो क्षेत्रलाई पनि समेटेर पदमार्ग विस्तार गर्न जोडदार माग गरिरहेका छौँ ।’

यहाँ मन्दिर निर्माण तथा यसको व्यवस्थापनको लागि निःशुल्क आवश्यक जमिन प्रदान गरेको स्थानीयवासी देवबहादुर विष्टले बताए । मन्दिरको संरक्षण तथा विकास विस्तारमा सबैजना एकसाथ अघि बढेको उनको भनाइ छ ।  यहाँ आएर दर्शन गरे मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको उनको भनाइ छ ।

पर्यटकीय रुपमा सुन्दरस्थलमा रहेको यो देवस्थल प्रचारप्रसार कमीले ओझेलमा परेको उनको भनाइ छ । यसको महत्वलाई देश विदेशमा चिनाउन सके यसले यो क्षेत्रको आर्थिक विकासमा निकै ठूलो टेवा पुग्ने विष्टले बताए ।

राज्यको मात्र बाटो हेर्ने भन्दा पनि आफ्नो तहबाट पनि योगदान गर्ने लक्ष्यले युवाहरू एकजुट भएर मन्दिरसँगै गाउँ विकासमा जुटेको स्थानीयवासी छिरिङ शेर्पाले बताए । घेराबाराको काम सम्पन्न भए पनि मन्दिरको प्रवेशद्वार आफ्नो पहलमा निर्माण गर्ने जिम्मा लिएको उनले बताए ।

यो स्थानमा तीज, शिवरात्रि, रामनवमी, बालाचतुर्दशी तथा विभिन्न अवसरमा मेला लाग्ने गरेको स्थानीय एकराज विष्टले बताए । चिताएको पुग्ने तथा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वासले मानिसहरू यहाँ आउने गरेको उनको भनाइ छ ।

मन्दिरमा शिव, गणेश, सूर्य, विष्ण र देवी गरी पञ्चायन भगवानको मूर्तिहरु रहेका छन् । यहाँ एक साथ पाँच देवताको दर्शन गर्न सकिने उनको भनाइ छ । 

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १० : ०३ बजे

काठमाडौंमा ईश्वर पोखरेल पक्षको भेला, महाधिवेशनमा उठाएका मुद्दाहरूलाई निरन्तरता दिने

काठमाडौं– नेकपा एमालेका नेता ईश्वर पोखरेल पक्षको भेलाले महाधिवेशनमा आफूहरूले

आगामी निर्वाचनमा सही प्रतिनिधि चयन गर्न मन्त्री खरेलको आग्रह

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले आगामी निर्वाचनमा

मेरो लडाइँ जारी छ, विजय हुन बाँकी नै छ : रवि लामिछाने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो लडाइँ

जेन–जी शहीदका परिवार भेटेपछि भक्कानिए रवि

काठमाडौँ – काठमाडौँ आइपुगे लगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि

रास्वपाद्वारा सातै प्रदेशका उम्मेदवारसँग छलफल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी फागुन २१ गते