कांग्रेस क्षेत्रीय सभापतिहरूको प्रशिक्षण भैरहवामा सुरु | Khabarhub Khabarhub

कांग्रेस क्षेत्रीय सभापतिहरूको प्रशिक्षण भैरहवामा सुरु


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम रूपन्देहीको भैरहवामा सुरु भएको छ ।

प्रशिक्षण कार्यक्रम पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भोलिसम्म चल्नेछ ।

प्रशिक्षणमा देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रशिक्षण शाखाका प्रमुख गरेर ३३० जना सहभागी छन् ।

यस्तै, लुम्बिनी प्रदेशका सांसद, मन्त्री र जिल्ला सभापतिहरू पनि कार्यक्रममा सहभागी छन् ।

प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्‌घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत सहभागी छन् ।

यसअघि कांग्रेसले माघ २१ गते सातवटै प्रदेशका सभापति तथा २२ र २३ गते कास्कीको पोखरामा ७७ वटै जिल्लाका सभापति र जिल्लाका प्रशिक्षण शाखा प्रमुखको जिम्मेबारीमा रहेका उपसभापतिलाई प्रशिक्षण दिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १० : ५५ बजे

एसीसी यु-१६ : समूह चरणको अन्तिम खेलमा भुटानसँग भिड्दै नेपाल

काठमाडौं – १६ वर्षमुनिको एसीसी इस्ट जोन कप क्रिकेटमा आज

गाजाको एक क्याफेमा इजरायली मिसाइल आक्रमण : २० जनाको मृत्यु

गाजा – अभियन्ता, पत्रकार र स्थानीयको बाक्लो जमघट हुने गाजाको

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय

प्रधानमन्त्री ओली स्पेनका समकक्षीले आयोजना गरेको रात्रिभोजमा सहभागी

स्पेन – प्रधानमन्त्री केपी शर्मा ओली स्पेन सरकारका अध्यक्ष (प्रधानमन्त्री)

रुपन्देही – ३ मा कात्तिक १७ गते उपनिर्वाचन

काठमाडौं – निर्वाचन आयोगले आगामी कात्तिक १७ गते रुपन्देही क्षेत्र