कांग्रेस क्षेत्रीय सभापतिहरूको प्रशिक्षण भैरहवामा सुरु « Khabarhub

कांग्रेस क्षेत्रीय सभापतिहरूको प्रशिक्षण भैरहवामा सुरु


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

भैरहवा– नेपाली कांग्रेसका क्षेत्रीय सभापतिहरूको प्रशिक्षण कार्यक्रम रूपन्देहीको भैरहवामा सुरु भएको छ ।

प्रशिक्षण कार्यक्रम पार्टी उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा रहेको पार्टीको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको आयोजनामा भोलिसम्म चल्नेछ ।

प्रशिक्षणमा देशभरका क्षेत्रीय सभापति, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन क्षेत्रका सभापति, प्रशिक्षण शाखाका प्रमुख गरेर ३३० जना सहभागी छन् ।

यस्तै, लुम्बिनी प्रदेशका सांसद, मन्त्री र जिल्ला सभापतिहरू पनि कार्यक्रममा सहभागी छन् ।

प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रमको उद्‌घाटन समारोहमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापति एवं केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानका प्रमुख पूर्णबहादुर खड्का, महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायत सहभागी छन् ।

यसअघि कांग्रेसले माघ २१ गते सातवटै प्रदेशका सभापति तथा २२ र २३ गते कास्कीको पोखरामा ७७ वटै जिल्लाका सभापति र जिल्लाका प्रशिक्षण शाखा प्रमुखको जिम्मेबारीमा रहेका उपसभापतिलाई प्रशिक्षण दिएको थियो ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १० : ५५ बजे

कांग्रेसका उम्मेदवारहरूको अन्तिम सूची प्रकाशन (नामसहित)

काठमाडौँ । नेपाली कांग्रेसका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ।

नेपालका लागि नयाँ भारतीय राजदूतमा सुधाकर दलेला प्रस्ताव

काठमाडौं । भारतले विदेश मन्त्रालयका सचिव (आर्थिक सम्बन्ध) सुधाकर दलेलालाई

कांग्रेस सभापतिमा श्यामकृष्णको उम्मेदवारी कायमै

काठमाडौं । नेपाली कांग्रेसको सभापतिमा आफ्नो उम्मेदवारी कायमै रहेको श्यामकृष्ण

अवैध रूपमा विदेशी मुद्रा लुकाएको आरोपमा तीन बंगलादेशी पक्राउ

ललितपुर – अवैध रूपमा नेपाली तथा विदेशी मुद्रा सञ्चित गरी

वडा दशैंको आगमनसँगै झिलिमिली बत्तीले सिँगारियो मैतीदेवी मन्दिर  (तस्बिरहरू)

काठमाडौं – वडा दशैंको आगमनसँगै काठमाडौंको मैतीदेवी मन्दिर झिलिमिली बत्तीले