विश्वकप विजेता गोलरक्षक बफोन र प्रधानमन्त्रीबीच भेट | Khabarhub Khabarhub

विश्वकप विजेता गोलरक्षक बफोन र प्रधानमन्त्रीबीच भेट


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बफोनबीच सोमबार भेट भएको छ ।

एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका इटालीका अन्तर्राष्ट्रिय गोलरक्षक बफोनलाई प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटरमा भेट गरेका हुन् ।

भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफनका परिवारका सदस्यलगायत सहभागी थिए ।

यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ दशरथ रंगशालामा समापन हुँदैछ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिड्दैछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १२ : २२ बजे

शुक्रबारदेखि वीरगञ्जको निषेधाज्ञा हटाइने

पर्सा – जिल्ला प्रशासन कार्यालय पर्साले शुक्रबार बिहानदेखि वीरगञ्ज महानगर

वन कुकुर संरक्षणमा नेपाली परियोजना सर्वोत्कृष्ट

पोखरा – वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

विस्का जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः

आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट