विश्वकप विजेता गोलरक्षक बफोन र प्रधानमन्त्रीबीच भेट « Khabarhub

विश्वकप विजेता गोलरक्षक बफोन र प्रधानमन्त्रीबीच भेट


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


141
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली र इटलीका राष्ट्रिय फुटबल टिमका पूर्व कप्तान जियानलुइजी बफोनबीच सोमबार भेट भएको छ ।

एमालेनिकट राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा जारी तेश्रो केपी ओली कप फुटबल च्याम्पियनसिपको समापन कार्यक्रममा प्रमुख अतिथिका रुपमा आएका इटालीका अन्तर्राष्ट्रिय गोलरक्षक बफोनलाई प्रधानमन्त्री ओलीले सरकारी निवास बालुवाटरमा भेट गरेका हुन् ।

भेटका अवसरमा प्रथम महिला राधिका शाक्य, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुुप्रसाद रिमाल, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्याल, अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकज राई, राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेबे, बुफनका परिवारका सदस्यलगायत सहभागी थिए ।

यही फागुन ११ गतेदेखि सुरु भएको उक्त च्याम्पियनसिपको फाइनल खेल सोमबार साँझ दशरथ रंगशालामा समापन हुँदैछ । उपाधिका लागि त्रिभुवन आर्मी क्लब र मच्छिन्द्र क्लब भिड्दैछन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १२ : २२ बजे

जापानमा भूकम्पपछि दर्जनौं मानिस घाइते, एउटा सपिङ मलमा शक्तिशाली विस्फोट

काठमाडौं- जापानको दक्षिणपश्चिमी क्षेत्र क्युसु मा मंगलबार ७.१ म्याग्निच्युडको शक्तिशाली

दाङमा विपद्जन्य घटनामा ६८ जनाको मृत्यु

दाङ– आर्थिक वर्ष २०८२/८३ मा विभिन्न विपद्जन्य घटनामा परी ६८

सुनसरी तनावबारे ज्ञानेन्द्र शाही : संवेदनशील अवस्थामा सरकारलाई साथ दिऔँ

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका नेता ज्ञानेन्द्र

प्रधानमन्त्री बालेनलाई भारतले पठायो भ्रमणको निम्तो

काठमाडौं- भारतले नेपालका प्रधानमन्त्री वालेन्द्र शाहलाई भारत भ्रमणको निमन्त्रणा पठाएको

सुनसरी घटनामा सरकारसँग मिराजका ५ बुँदे माग

काठमाडौं– जेन-जी अभियन्ताले सुनसरी घटनाको निष्पक्ष छानबिन गरेर दोषीलाई कारबाही