भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन | Khabarhub Khabarhub

भेरीगंगा–९ का वडाध्यक्षको उपचारका क्रममा भारतमा निधन


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

सुर्खेत– सुर्खेतको भेरीगंगा नगरपालिका–९ का अध्यक्ष प्रेमबहादुर आग्रीको निधन भएको छ । भारतको महाराष्ट्रमा उपचाररत आग्रीको आइतबार मध्यराति निधन भएको हो । 

क्यान्सरको उपचारका क्रममा उनी विगत एक वर्षदेखि भारतमा उपचाररत रहेको नगरपालिकाका प्रमुख यज्ञप्रसाद ढकालले बताए । नगर प्रमुख ढकालका अनुसार भारतबाट शव ल्याउन प्रक्रियामा रहेको बताए ।

उनले आफूले परियारलाई भेटेर आएको बताए । उनका अनुसार अन्दाजी ५० वर्षीया आग्री मिर्गौला रोग सम्बन्धी पीडित थिए । आग्री नेपाली कांग्रेस वडाध्यक्षमा निर्वाचित भएका हुन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १ : २७ बजे

तिहार मनाउन छ लाख मानिसले उपत्यका छोड्ने अनुमान

काठमाडौं– शनिबारदेखि सुरु भएको तिहारका लागि करिब छ लाख मानिसहरू काठमाडौँ उपत्यकाबाट

निसान सर्भिसद्वारा सातदोबाटो ट्राफिक स्टेसनलाई सहयोग

काठमाडौं– स्थानीय प्रशासनलाई सहयोग पुर्‍याउने र समुदाय पुनः स्थापनामा योगदान पुर्‍याउने

मोरोक्कोमा जेनजी आन्दोलन : शिक्षा र स्वास्थ्य सेवामा सुधारको माग

रबात- मोरोक्कोमा हाल जेनजी समूहका युवाहरूले भ्रष्टाचार, बेरोजगारी र सामाजिक

गौतम, पराजुली, ढकाल र खनाल रास्वपा सचिवालयमा मनोनित

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीले चारजना नेताहरूलाई सचिवालयमा मनोनित गरेको छ।

किसानलाई सयपत्री टिप्न भ्याइनभ्याइ (तस्बिरहरू)

काठमाडौं– तिहार सुरू भएसँगै काठमाडौंको सेतो गुम्बा क्षेत्रका किसानहरू फूल