धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमण बढेकोमा पाकिस्तानी मानव अधिकार आयोगको चिन्ता « Khabarhub

धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमण बढेकोमा पाकिस्तानी मानव अधिकार आयोगको चिन्ता


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धार्मिक अल्पसङ्ख्यकमाथि आक्रमणका घटना बढिरहेको भन्दै पाकिस्तानको मानव अधिकार आयोगले चिन्ता व्यक्त गरेको छ । सन् २०२३–२४ मा भएका मानव अधिकार उल्लङ्घनसम्बन्धी प्रतिवेदन जारी गर्दै आयोगले यस्तो चिन्ता व्यक्त गरेको हो ।

उक्त प्रतिवेदनमा अहमदिया समुदायको समाधिस्थलमाथि आक्रमणका घटना बढेको, धार्मिक अल्पसङ्ख्यकको घर र प्रार्थानास्थलमाथि तोडफोड गरिएको, उनीहरुलाई बिना कारण नियन्त्रणमा लिने र जबरजस्ती धर्मान्तरण गर्ने घटना बढ्दै गएको उल्लेख गरिएको छ । उक्त प्रतिवेदनमा समीक्षा अवधिमा ७ सय ५० भन्दा धेरै जनालाई ईश निन्दाको आरोपमा पक्राउ गरिएको समेत जनाइएको छ ।

त्यसैगरी, धार्मिक आस्थाकै कारण ४ जनाको हत्या भएको पनि प्रतिवेदनमा जनाइएको छ । त्यसैगरी, आयोगले अरु धर्मका व्यक्तिलाई लक्षित गरी दुष्प्रचार फैलाउनका लागि सामाजिक सञ्जालको प्रयोग बढिरहेको समेत औँल्याएको छ । 

कतिपय अवस्थामा धार्मिक आस्थाकै कारण आक्रमणको सिकार भएकाहरूले विभिन्न प्रशासनिक झन्झटको सामना गर्नुपरेको प्रतिवेदनमा जनाइएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ३ : ३६ बजे

पाकिस्तानले गर्‍यो विश्वकपमा भारतसँगको खेल बहिष्कार

काठमाडौं – पाकिस्तान सरकारले आईसीसी टी-२० विश्वकपमा भारतसँगको खेल बहिष्कार

कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा विद्रोही लडाकू समूहको

राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणमा गएका

निर्वाचन ३१ दिन बाँकी : ३० लाख मतपत्र छापियो

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर