सांसद सूर्य थापा भन्छन्- कुसुण्डा जातिको भाषा संरक्षण राज्यको दायित्व « Khabarhub

सांसद सूर्य थापा भन्छन्- कुसुण्डा जातिको भाषा संरक्षण राज्यको दायित्व


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


189
Shares
  • change font
  • change font
  • change font

प्युठान- प्रतिनिधिसभाका सदस्य सूर्य थापाले लोपोन्मुख कुसुण्डा जातिको भाषाको संरक्षण र विकास ध्यान दिनुपर्ने बताएका छन् ।

कुसुण्डा भाषा संरक्षण राज्यको दायित्व भएको उनले बताएका छन् ।

सोमबार प्युठानको बड्डाडामा आयोजित कुसुण्डा भाषासम्बन्धी राष्ट्रियस्तरको १५ दिने तालिम उद्घाटन गर्दै सांसद थापाले यसो भनेका हुन् ।

‘लोपोन्मुख र दुर्लभ भाषा हराउँदै गएको छ । अहिले कुसुण्डा बोल्ने एकजना मात्रै रहेछन् । दुर्लभ भाषाको संरक्षण र विकासका लागि हामीले ध्यान दिन जरुरी छ’, उनले भने ।

लोपोन्मुख भाषा तथा संस्कृति संरक्षणका लागि एकीकृत बस्ती विकास गर्नुपर्नेमा सांसद थापाले जोड दिए । उनले संगठित रूपमा बसोबास गर्दा भाषा तथा संस्कृतिको संरक्षण प्रभावकारी हुन सक्ने बताए ।

सांसद थापाले कुसुण्डा भाषाको स्थानीय पाठ्यक्रम बनाई उनीहरू बसोबास गर्ने क्षेत्रमा लागू गर्न पालिकालाई सुझाव दिए ।

भाषा, संस्कृति र पहिचान लोप हुन लागेकोले जीवित राख्नुपर्छ भन्ने मान्यतासहित तालिम आयोजना गरिएको सरुमारानी गाउँपालिकाका अध्यक्ष झगबहादुर विश्वकर्माले बताए ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवीराम पाठकले संविधानले स्थानीय तहलाई भाषा तथा संस्कृति संरक्षणको अधिकार प्रत्यायोजन गरेअनुसार सम्बन्धित कानुनी संरचना निर्माण भइसकेको बताए ।

हाल सरुमारानी गाउँपालिकामा ६ घरपरिवारसहित जिल्लाभर ५१ जना कुसुण्डा समुदायका सदस्य छन्।

नेपाल कुसुण्डा विकास समाजका केन्द्रीय अध्यक्ष धनबहादुर कुसुण्डाले कुसुण्डा भाषीहरूलाई एकै स्थानमा बसोबास गराउन सके भाषा संरक्षण प्रभावकारी हुने बताए ।

कुसुण्डा भाषाका अनुसन्धानकर्ता उदयराज आलेका अनुसार अन्य भाषामा अभिभावकले छोराछोरीलाई सिकाउने परम्परा भए पनि कुसुण्डा समुदायमा भने नयाँ पुस्ताले भाषा सिकेर अभिभावक र परिवारलाई सिकाउनुपर्ने अवस्था छ।

नेपाल कुसुण्डा विकास समाजका अनुसार, हाल प्यूठानसहित सुर्खेत, रोल्पा, अर्घाखाँची, कपिलवस्तु, तनहुँ, र गोरखा जिल्लामा कुसुण्डा समुदायको बसोवास छ। २०७८ को जनगणना अनुसार नेपालमा कुसुण्डा जातिको कुल जनसंख्या २५३ छ । तालिममा देशभरका आठ जिल्लामध्ये छ जिल्लाका ३५ जना प्रतिनिधि सहभागी छन् ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ४ : ४८ बजे

सरकारलाई गायिका एलिनाको प्रश्न : ज्यान जानुको जिम्मेवार को ?

काठमाडौं – तराई मधेशमा फैलिएको तनावमा चार जनाले ज्यान गुमाएपछि

एसएसपीदेखि एआईजीसम्मका १५ उच्च प्रहरी अधिकृतलाई तराई-मधेशमा पठाइयो 

काठमाडौं– तराई–मधेशमा पछिल्ला दिनमा विकसित सुरक्षा अवस्थाको मूल्यांकन गर्दै नेपाल

प्रधानमन्त्रीलाई मधेशवादी दलका नेताले सोधे : चार दिनसम्म के हेरेर बस्नुभयो ? 

काठमाडौं– मधेशवादी दलहरूसँग छलफल गरेका प्रधानमन्त्री वालेन्द्र शाह प्रश्नले घेरिएका

कर्फ्युपछि मधेशका केही जिल्लामा अवस्था शान्त

काठमाडौं– सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगञ्जमा भएको घटनाको विरोधमा प्रदर्शनपछि स्थानीय

मध्यपूर्वमा द्वन्द्व फैलिएपछि १६ जना भारतीय नागरिकको मृत्यु

एएनआई– मध्य पूर्वमा द्वन्द्व सुरु भए देखि यस क्षेत्रमा जारी