भन्सार क्षेत्रमा तौलपूल राख्ने तयारी भइरहेको छ : यातायातमन्त्री दाहाल « Khabarhub

भन्सार क्षेत्रमा तौलपूल राख्ने तयारी भइरहेको छ : यातायातमन्त्री दाहाल


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


69
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भन्सार क्षेत्रमा नै तौलपूल राख्ने तयारी भइरहेको जानकारी दिएका छन् ।  

सोमबार सिंहदरबारमा यातायात व्यवसायीहरूको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री दाहालले भारतबाट नेपाल भित्रने मालवाहक सवारीको भारवहन मापन गर्न भन्सार क्षेत्रमा नै तौलपूल राख्ने तयारी भइरहेको जानकारी दिएका हुन् । 

यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय , उद्योग र अर्थ मन्त्रालयबीच छिटै छलफल हुने उनले बताए । 

मन्त्री दाहालले देशभर रहेका १२ वटा तौलपूललाई केन्द्रीय डाटा प्रणालीमा जोडिने जानकारी दिए । उनले भारवहन सीमा उलंघन हुँदा पूल र सडकमा क्षति पुग्ने भएकाले कडाइका साथ लागू गर्ने र देशका अन्य आवश्यक स्थानमा समेत प्रविधिमैत्री तौलपूल जडान गर्ने प्रतिबद्धता जनाए । 

भारवहन सम्बन्धी कार्यविधिमा रहेका विषय लागू नभएको भन्दै उनले यसलाई बाध्यात्मक रूपमा लागू गराइने बताए ।  

यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने लगायतका ८ बुँदे मागका विषयमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री दाहाललाई ध्यानाकर्षण पत्र बुझाएका हुन् । 

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ५ : ३४ बजे

पहिचान पक्षधर चार पार्टीबीच एकता

बनियानी– पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको

स्रोत नखुलेको सात लाख रुपैयाँसहित एक जना पक्राउ

सिरहा– यहाँको बरियारपट्टी गाउँपालिका–२ मा प्रहरीले स्रोत नखुलेको नगदसहित एक जनालाई

जेन-जी र सरकारबीच १० बुँदे सम्झौतामा हस्ताक्षर (दस्तावेजसहित)

काठमाडौं- जेन-जी जनआन्दोलनका प्रतिनिधि र नेपाल सरकारबीच बुधबार सम्झौता पत्रमा

सरकार र जेन-जीबीच सम्झौता पत्रमा हस्ताक्षर हुँदै, आन्दोलनकारीमाथि धरपकड नगरिने

काठमाडौं- सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार र जेन-जी आन्दोलनकारीहरूबीच तीन

ओलीलाई लक्षित गर्दै पोखरेलले भने : म भए आयोगमा बयान दिन गइसक्थेँ

काठमाडौं- नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गौरीबहादुर कार्की नेतृत्वको