राप्रपा नेपालले राजसंस्था पुनर्स्थापना गर्न जनदबाब दिने « Khabarhub

राप्रपा नेपालले राजसंस्था पुनर्स्थापना गर्न जनदबाब दिने


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि जनदबाब सिर्जना गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत् राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि जनदबाब सिर्जना गर्ने निर्णय गरेको हो । 

‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन, हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना गर्न, संघीयता खारेज गर्न, धर्म परिवर्तन अन्त्य गर्न, मिटर ब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा देशभित्र रोजगारीको सिर्जना गर्न राप्रपा नेपालले जनपरिचालन र जनदबाब कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ,’ महामन्त्री राजाराम बर्तौलाले भने । 

उनका अनुसार उक्त कार्यक्रम अन्तर्गत राप्रपा नेपालले आगामी चैत १ मा देशका सम्पूर्ण जिल्लाका सदरमुकाममा जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना र प्रदर्शन गर्ने भएको छ । कार्यक्रम अन्तरगत नै राप्रपा नेपालले चैत ८ र ९ गते हेटौँडामा साविकको मध्यमाञ्चल क्षेत्रस्तरीय भेला र प्रशिक्षण आयोजना गर्ने छ । 

चैत १४ देखि १८ सम्म काठमाडौं उपत्यकाका १० वटै निर्वाचन क्षेत्र र पालिकाहरू समावेश हुने गरी ‘साँखुदेखि चाँगुनारायण जनजागरण यात्रा’ सञ्चालन गरिने महामन्त्री बर्तौलाले जानकारी दिए । 

उनले चैत २२ गते राष्ट्रिय सभा गृहमा संयोजित संगठन समन्वय विभागको आयोजनामा जनवर्गीय संगठनहरूको संयुक्त भेला गरिने र चैत २६ गते काठमाडौंमा वृहत् जनप्रदर्शन गरिने पनि निर्णय भएको बताए ।

राप्रपा नेपालले पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किँदा फागुन २५ गते दिउँसो २ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल गेट अगाडि पार्टीका सबै  नेता, कार्यकर्ता, शुभचिन्तक र आम जनसमुदायमा उपस्थितिका लागि आग्रह गर्ने निर्णय पनि गरेको छ ।

राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना तथा संघीयता खारेजीका निम्ति जुनसुकै दल र समूहले गर्ने संघर्षका कार्यक्रममा पार्टीको नैतिक समर्थन जनाउने समेत निर्णय गरेको छ । 

तर, कुनै एक पार्टी वा समूहको झण्डा वा ब्यानर प्रयोग गरेर गरिने कार्यक्रममा भने राप्रपा नेपाल सहभागी नहुने महामन्त्री बर्तौलाले जानकारी दिए । 

‘राष्ट्रिय झण्डा र साझा व्यानरमा आयोजना हुने संघर्षका कार्यक्रममा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने छ,’ उनले भने ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ६ : ०१ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी