राप्रपा नेपालले राजसंस्था पुनर्स्थापना गर्न जनदबाब दिने « Khabarhub

राप्रपा नेपालले राजसंस्था पुनर्स्थापना गर्न जनदबाब दिने


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


99
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि जनदबाब सिर्जना गर्ने निर्णय गरेको छ । केन्द्रीय कार्यसम्पादन समितिको बैठकमार्फत् राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापनाका लागि जनदबाब सिर्जना गर्ने निर्णय गरेको हो । 

‘भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन, हिन्दुराष्ट्र र राजसंस्था पुनः स्थापना गर्न, संघीयता खारेज गर्न, धर्म परिवर्तन अन्त्य गर्न, मिटर ब्याज र सहकारीबाट पीडितहरूलाई राहत प्रदान गर्न, भ्रष्टाचार नियन्त्रण गर्न तथा देशभित्र रोजगारीको सिर्जना गर्न राप्रपा नेपालले जनपरिचालन र जनदबाब कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको छ,’ महामन्त्री राजाराम बर्तौलाले भने । 

उनका अनुसार उक्त कार्यक्रम अन्तर्गत राप्रपा नेपालले आगामी चैत १ मा देशका सम्पूर्ण जिल्लाका सदरमुकाममा जिल्ला प्रशासन कार्यालय अगाडि एक घण्टा धर्ना र प्रदर्शन गर्ने भएको छ । कार्यक्रम अन्तरगत नै राप्रपा नेपालले चैत ८ र ९ गते हेटौँडामा साविकको मध्यमाञ्चल क्षेत्रस्तरीय भेला र प्रशिक्षण आयोजना गर्ने छ । 

चैत १४ देखि १८ सम्म काठमाडौं उपत्यकाका १० वटै निर्वाचन क्षेत्र र पालिकाहरू समावेश हुने गरी ‘साँखुदेखि चाँगुनारायण जनजागरण यात्रा’ सञ्चालन गरिने महामन्त्री बर्तौलाले जानकारी दिए । 

उनले चैत २२ गते राष्ट्रिय सभा गृहमा संयोजित संगठन समन्वय विभागको आयोजनामा जनवर्गीय संगठनहरूको संयुक्त भेला गरिने र चैत २६ गते काठमाडौंमा वृहत् जनप्रदर्शन गरिने पनि निर्णय भएको बताए ।

राप्रपा नेपालले पूर्वराजा ज्ञानेन्द्र पोखराबाट काठमाडौं फर्किँदा फागुन २५ गते दिउँसो २ः३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विमानस्थल गेट अगाडि पार्टीका सबै  नेता, कार्यकर्ता, शुभचिन्तक र आम जनसमुदायमा उपस्थितिका लागि आग्रह गर्ने निर्णय पनि गरेको छ ।

राप्रपा नेपालले हिन्दुराष्ट्र र राजसंस्था पुनर्स्थापना तथा संघीयता खारेजीका निम्ति जुनसुकै दल र समूहले गर्ने संघर्षका कार्यक्रममा पार्टीको नैतिक समर्थन जनाउने समेत निर्णय गरेको छ । 

तर, कुनै एक पार्टी वा समूहको झण्डा वा ब्यानर प्रयोग गरेर गरिने कार्यक्रममा भने राप्रपा नेपाल सहभागी नहुने महामन्त्री बर्तौलाले जानकारी दिए । 

‘राष्ट्रिय झण्डा र साझा व्यानरमा आयोजना हुने संघर्षका कार्यक्रममा राप्रपा नेपालको पूर्ण सहयोग र सहभागिता रहने छ,’ उनले भने ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ६ : ०१ बजे

छिमेकमा ब्रिक्स सम्मेलन : नेपाल न टेबलमा, न मेनुमा ?

काठमाडौं- नयाँ दिल्लीमा शनिबार र आइतबार दुई दिनसम्म चलेको १८औँ

विश्व अर्थतन्त्र सुधार्न दिल्लीमा शक्तिराष्ट्रको कसरत, नेपाल बेखबर

भारतको राजधानी नयाँ दिल्लीमा विश्व अर्थतन्त्र र बदलिँदो भू–राजनीतिक शक्तिसन्तुलनसँग

रसुवा बाढीले क्षतिग्रस्त महादेव फाँट-छबिसे सडक निर्माण तीव्र (तस्बिरहरू)

धादिङ– रसुवामा आएको बाढीका कारण त्रिशूली नदीले सडक कटान गरेपछि

तेह्रौँ बेइजिङ स्याङसङ फोरममा सहभागी हुन प्रधानसेनापति चीन प्रस्थान

काठमाडौं– प्रधान सेनापति अशोकराज सिग्देल बेइजिङमा आयोजना हुने ‘तेह्रौँ बेइजिङ स्याङसङ

ऊर्जामन्त्री श्रेष्ठ भन्छन् : जोखिमपूर्ण हिमताल फुटाएर जलस्तर घटाउने योजना बनाउँदैछौँ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले जोखिमपूर्ण हिमताल