भन्सार क्षेत्रमा तौलपूल राख्ने तयारी भइरहेको छ : यातायातमन्त्री दाहाल
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले भन्सार क्षेत्रमा नै तौलपूल राख्ने तयारी भइरहेको जानकारी दिएका छन् ।
सोमबार सिंहदरबारमा यातायात व्यवसायीहरूको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री दाहालले भारतबाट नेपाल भित्रने मालवाहक सवारीको भारवहन मापन गर्न भन्सार क्षेत्रमा नै तौलपूल राख्ने तयारी भइरहेको जानकारी दिएका हुन् ।
यसका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, गृह मन्त्रालय , उद्योग र अर्थ मन्त्रालयबीच छिटै छलफल हुने उनले बताए ।
१८ दिनपछि घट्यो शेयर बजार, उत्पादन समूहमा गयो पहिरो
सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) उच्च अंकले बढेर बजार बन्द हुँदा भने घटेको छ ।
यस अघि फागुन १ गते ७.२६ अंकले नेप्से घटेको थियो । त्यस यता ९ वटा कारोबार भने निरन्तर बढेको थियो । आज सोमबार भने पुन नेप्से घटेको छ ।
आज नेप्से १३.६२ अंकले घटेर परिसूचक २८७६.६६ विन्दुमा पुगेको छ । आज नेप्से ०.४७ प्रतिशतले घट्दा १४ अर्ब २८ करोड ४५ लाख १० हजार रुपैयाँ बराबरको ३ करोड १२ लाख ४१ हजार २५८ कित्ता शेयर कारोबार भएको छ ।
टरिगाउँ विमानस्थललाई एक करोड बजेट विनियोजन
गोरखाका आठ स्थानमा विद्युत् आयोजनाको सर्वेक्षण
माथिल्लो अरुण आयोजनाको पहुँचमार्ग निर्माण सुरु
रूकुम पूर्वमा हिउँ खेल्न लोभिएका पर्यटक

हिउँ कसैको लागि रहर छ भने कसैको लागि कहर बनिदिन्छ । हिउँ हेर्न र खेल्न जानेहरूको लागि रहरको विषय हो, तर हिउँसँगै गुजारा गर्नेहरूको पीडा छुट्टै हुन्छ।
लुम्बिनी प्रदेशको एक मात्र हिमाली जिल्ला रूकुम पूर्वमा वर्षमा एक-दुईपटक अनिवार्य हिउँ परेकै हुन्छ । यस वर्ष पनि गत साता शुक्रबार र शनिबार हिमाली तथा उच्च पहाडी क्षेत्रमा हिमपात भयो भने तल्लो क्षेत्रमा वर्षा भयो । जिल्लाको सिस्ने, भूमे र पुथा उत्तरगङ्गा गाउँपालिकाको माथिल्लो क्षेत्रहरू हिमपात भएपछि सेतै भए ।
सुनको मूल्य दुई दिनदेखि स्थिर, कतिमा भइरहेको छ कारोबार ?
सोमबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख ६८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
सुन शुक्रबार र आइतबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।
कुमारी बैंक र टेस्ला डायगनोस्टिक क्लिनिकबीच छुट सम्झौता
लगानी कोषका योगदानकर्तालाई गङ्गालाल अस्पतालमा छुट
नेपाल इकोनोमिक्स ओलम्पियाडको छैटौँ संस्करण सम्पन्न

नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५ आइतबार सम्पन्न भएको छ । योङ इकोनोमिस्ट सोसाइटी नेपालले आयोजना गर्ने प्रतियोगिताको छैटौँ संस्करण यस वर्ष ‘सविता ग्रुप होल्डिङ्स नेपाल इकोनोमिक्स ओलम्पियाड २०२५’ सम्पन्न गरिएको हो ।
फागुन १६ देखि १८ गतेसम्म काठमाडौंको किङ्स कलेजमा चलेको ओलम्पियाडमा देशभरका सातै प्रदेशका १८७ शैक्षिक संस्थाबाट छनोट भएका १०० विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा आर्थिक समस्याहरू समाधान गर्ने क्षमता, वित्तीय विश्लेषण र तार्किक क्षमताका आधारमा विजेता चयन गरिएको थियो ।
काठमाडौंमा दुग्ध प्रशोधन केन्द्र स्थापनाका लागि जापानसँग आग्रह
एनआरएनएको एकता महाधिवेशन गराउन परराष्ट्रले तोक्यो सरकारी प्रतिनिधि (पत्रसहित)
भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण

यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ ।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले सोमबार बिभागमा संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै ओभरलोड सवारी साधनलाई कडाइका साथ जरिवाना तथा कानूनी कारबाही गर्नुपर्ने र भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने जनाएका हुन् ।
भारवहन सीमा कडाइका साथ कार्यान्वयन नहुँदा देशभरका ५५ वटा पुलहरू जोखिमपूर्ण अवस्थामा पुगेको र यसका कारण आवतजावतमा समस्या भएकाले विभागको ध्यानाकर्षण गराइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।
उनले मालबहाक सवारी दुर्घटना पश्चात् हुने क्षतिका लागि राहत कोष स्थापना गर्न समेत माग गरेको बताए ।
प्रतिक्रिया