भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण | Khabarhub Khabarhub

भारवहन सीमा कार्यान्वयन गर्न यातायात विभागको ध्यानाकर्षण


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – यातायात व्यवसायीहरूले भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्न यातायात व्यवस्था विभागको ध्यानाकर्षण गराएको छ ।  

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ, ढुवानी व्यवसायी महासंघ, नेपाल यातायात मजदुर संघ, नेपाल यातायात स्वतन्त्र मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले सोमबार बिभागमा संयुक्त रूपमा ध्यानाकर्षण पत्र बुझाउँदै ओभरलोड सवारी साधनलाई कडाइका साथ जरिवाना तथा कानूनी कारबाही गर्नुपर्ने र भारवहन सीमा कडाइका साथ कार्यान्वयन गर्नुपर्ने जनाएका हुन् ।

भारवहन सीमा कडाइका साथ कार्यान्वयन नहुँदा देशभरका ५५ वटा पुलहरू जोखिमपूर्ण अवस्थामा पुगेको र यसका कारण आवतजावतमा समस्या भएकाले विभागको ध्यानाकर्षण गराइएको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमले जानकारी दिए ।

उनले मालबहाक सवारी दुर्घटना पश्चात् हुने क्षतिका लागि राहत कोष स्थापना गर्न समेत माग गरेको बताए ।

त्यस्तै यातायात व्यवसायीहरूले सडक तथा पुलहरूको निरीक्षण र मर्मत गर्नुपर्ने र गृह मन्त्रालयबाट परिपत्र भएको १२ बुँदे दुर्घटना न्यूनिकरण प्रतिवेदन कार्यान्वयन गर्न समेत माग गरेका छन् । उनीहरूले आफ्ना मागका बारेमा १५ दिनभित्र कार्य योजना नबनाए संघर्षका कार्यक्रम घोषणा गर्ने चेतावनी दिएका छन् । 

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ३ : ५५ बजे

वन कुकुर संरक्षणमा नेपाली परियोजना सर्वोत्कृष्ट

पोखरा – वन कुकुर संरक्षण विषयको नेपाली परियोजना अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा

विस्का जात्रा सम्पन्न

काठमाडौं – धार्मिक, ऐतिहासिक तथा पुरातात्विक महत्व बोकेको विस्का नखः

आईपीएलः एक सय ६३ रनको लक्ष्य पछ्याउँदै मुम्बई

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत जारी खेलमा सनराइजर्स

काम गर्न नसकेपछि पद ओगटिरहनु उचित लागेन : सुमना श्रेष्ठ

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले आफूले पार्टीबाट

राप्रपाको केन्द्रीय कार्यसमिति बैठकले के–के गर्‍यो निर्णय ?

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी वैशाख ७ गते काठमाडौंको निषेधित