१७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ « Khabarhub

१७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

रौतहट– बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ।

प्रहरीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो सिमराको एक होटेलमा छापा मारेर १७० ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार सिवाना जिल्ला थाना सिवान चनौर ग्राम पञ्चायत-१४ बस्ने ३५ वर्षीय गौतम कुशवाह, बिहार पूर्वचम्पारण जिल्ला रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत- ७ बस्ने  ३० वर्षीय रञ्जनकुमार सिंह र सोही ठाउँका ४० वर्षीय सञ्जीवकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

सोमबार दिउँसो अढाई बजे इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट गएको संयुक्त टोलीले टोलीले सिमरास्थित राज होटेलको कोठा नम्बर १०६ मा छापा मारेर तीन जनालाई पक्राउ गरेको पण्डितले बताए। 

होटेलमा छापा मारेर चेकजाँच गर्दा उनीहरूको साथबाट १७० ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको प्रवक्ता पण्डितले बताए।

ब्राउन सुगरसहित पक्राउ परेका तीनै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : १४ बजे

एमालेको महाधिवेशनमा प्रयोग हुनेछ ८० वटा भोटिङ मेसिन

काठमाडौँ- नेकपा एमालेले आफ्नो ११औँ राष्ट्रिय महाधिवेशनमा ८० वटा विद्युतीय

काश्मीर आक्रमणमा पाकिस्तान जिम्मेवार रहेको भारतीय अधिकारीहरुको ठहर

नयाँदिल्ली – भारतको आतङ्कवाद विरोधी प्रमुख निकायले सोमबार भारत प्रशासित

जनताको दूत भएर सेवा प्रवाह गर्न गृहमन्त्री अर्यालको आग्रह

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार गैर दलीय भएकाले

स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा कमी

चितवन – गत वर्षको तुलनामा यस वर्ष जिल्लामा स्क्रब टाइफसका

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडाैं – नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको