१७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ « Khabarhub

१७० ग्राम ब्राउन सुगरसहित तीन भारतीय नागरिक पक्राउ


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


375
Shares
  • change font
  • change font
  • change font

रौतहट– बारा प्रहरीले लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीयलाई पक्राउ गरेको छ।

प्रहरीले विशेष सूचनाको आधारमा सोमबार दिउँसो सिमराको एक होटेलमा छापा मारेर १७० ग्राम लागुऔषध ब्राउन सुगरसहित तीन जना भारतीय नागरिकलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा भारत बिहार सिवाना जिल्ला थाना सिवान चनौर ग्राम पञ्चायत-१४ बस्ने ३५ वर्षीय गौतम कुशवाह, बिहार पूर्वचम्पारण जिल्ला रमगढवा थाना सिंहसिनी ग्राम पञ्चायत- ७ बस्ने  ३० वर्षीय रञ्जनकुमार सिंह र सोही ठाउँका ४० वर्षीय सञ्जीवकुमार राम रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए।

सोमबार दिउँसो अढाई बजे इलाका प्रहरी कार्यालय सिमरा र लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगन्जबाट गएको संयुक्त टोलीले टोलीले सिमरास्थित राज होटेलको कोठा नम्बर १०६ मा छापा मारेर तीन जनालाई पक्राउ गरेको पण्डितले बताए। 

होटेलमा छापा मारेर चेकजाँच गर्दा उनीहरूको साथबाट १७० ग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको प्रवक्ता पण्डितले बताए।

ब्राउन सुगरसहित पक्राउ परेका तीनै जना भारतीय नागरिकलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी कारबाही अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : १४ बजे

पाकिस्तानले गर्‍यो विश्वकपमा भारतसँगको खेल बहिष्कार

काठमाडौं – पाकिस्तान सरकारले आईसीसी टी-२० विश्वकपमा भारतसँगको खेल बहिष्कार

कंगोमा खानी भत्किँदा दुई सय भन्दा बढीको मृत्यु

किन्सासा – प्रजातान्त्रिक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा विद्रोही लडाकू समूहको

राष्ट्रपति पौडेल जापान प्रस्थान: कस्तो छ भ्रमण तालिका ?

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेल मित्रराष्ट्र जापानको औपचारिक भ्रमणमा गएका

निर्वाचन ३१ दिन बाँकी : ३० लाख मतपत्र छापियो

काठमाडौं – आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर