गायक ढकालले खोले ‘दिनेश ढकाल एन्ड डोको नाम्लो’ ब्यान्ड | Khabarhub Khabarhub

गायक ढकालले खोले ‘दिनेश ढकाल एन्ड डोको नाम्लो’ ब्यान्ड


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


225
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ‘कालो केशमा रेलीमै’ गीतका गायक दिनेश ढकालले आफ्नो ब्यान्ड खोलेका छन् । उनले ‘दिनेश ढकाल एण्ड डोको नाम्लो’ नामक ब्यान्ड खोलेका हुन् ।

उनको यस ब्यान्ड ६ जना संगीतकर्मीहरु छन् । सारंगीमा अनिल गन्धर्व, गितारमा दुर्गा क्षेत्री, ड्रमसेटमा भुवन खत्री, बेस गितारमा दिवश विस्ट र किबोर्डमा पुस्पन श्रेष्ठ रहेका छन् ।

ब्याण्डले फागुन २३ गते पद्मश्री कलेजले आयोजना गर्न लागेको म्युजिक फेस्टिभलमा पहिलाे प्रस्तुती दिने गायक ढकालले बताए । ब्यान्डसहितको विभिन्न सांगीतिक टुरको गर्ने योजनामा ढकाल छन् ।

ढकाल तीन वर्षअघि सार्वजनिक भएको गीत ‘कालो केशमा रेलीमै’बाट चर्चामा आएका गायक हुन् । उक्त गीतले युट्युबमा २ करोड बढी भ्युज पाएको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ८ : २१ बजे

निर्देशक चौहानलाई प्रश्न – फिल्म ‘ऊनको स्वीटर’को ट्रेलर हेर्दा किन ‘जारी’को झल्को किन ?

काठमाडौं – नायक विपीन कार्की र मिरुना मगर केन्द्रीय भूमिकामा

झुट्टा अध्यापन अनुमतिपत्र पेस गरेको आरोपमा शिक्षकमाथि मुद्दा

गोलबजार– धनगढीमाई नगरपालिका–९ चैनपुरमा रहेको महावीर माध्यमिक विद्यालय चैनपुरमा झुट्टा

आजका समाचार : भन्सार विधेयक पारित, गगनसँग माग्यो अदालतले जवाफ र क्यानाडासँग नजिकिँदै चीन- भारत 

माओवादीलाई एमालेको सुझाव- शिक्षक आन्दोलनलाई सत्ता ढाल्ने अस्त्र नबनाउनुस्नेकपा एमालेका

राजदूत शनिल नेपालद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

काठमाडौं– स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले संयुक्त राष्ट्रसङ्घीय विश्व

‘तम्रै फूलिमा’को भिडियो सार्वजनिक

काठमाडौं– मिराज बिक्रम सिंहको निर्देशन रहेको गीत ‘तम्रै फूलिमा’को भिडियो