भैरहवा कारागार स्थानान्तरण गर्न गृहमन्त्रीको आश्वासन | Khabarhub Khabarhub

भैरहवा कारागार स्थानान्तरण गर्न गृहमन्त्रीको आश्वासन


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


150
Shares
  • change font
  • change font
  • change font

लुम्बिनी– भैरहवास्थित जिल्ला कारागार स्थानान्तरणका लागि गृहमन्त्री रमेश लेखकले आश्वासन दिएका छन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख इश्तियाक अहमद खाँसँगको छलफलपछि गृहमन्त्री लेखकले कारागार स्थानान्तरणका लागि बजेट सुनिश्चित गर्दै प्रक्रियाअघि बढाउने आश्वासन दिएका हुन् । 

रुपन्देहीको जिल्ला कारागार सदरमुकाम भैरहवामा अवस्थित छ । घना बस्तीको बीचमा रहेकाले यसबाट विभिन्न समस्या हुने गरेको र नगरको सुन्दरतामा समेत असर परेको भन्दै नगरप्रमुख खाँले कारागार स्थानान्तरणको पहल गर्न मन्त्री लेखकसँग आग्रह गरेका थिए।

छलफलका क्रममा भैरहवास्थित जिल्ला कारागारको हालको जग्गा नगरपालिकालाई हस्तान्तरण गरी बदलीमा नगरपालिकाले अन्यत्र उपयुक्त जग्गा प्रदान गर्ने प्रस्ताव नगरप्रमुख खाँले गृहमन्त्री लेखक समक्ष प्रस्ताव राखेका थिए ।

गृहमन्त्री लेखकले नगरप्रमुख खाँको प्रस्ताव सकारात्मक रहेको भन्दै कारागारका लागि नयाँ भवन निर्माण गर्न बजेट सुनिश्चित गरी स्थानान्तरणको प्रक्रिया अघि बढाइने प्रतिबद्धता जनाए।

 नेपाली कांग्रेसका क्षेत्रीय सभापति तथा क्षेत्रीय प्रशिक्षण शाखा प्रमुखहरूको प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रममा भाग लिन उनी भैरहवा आएका हुन् । 

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  ७ : ३२ बजे

कश्मीरमा ठूलो आक्रमण- घुम्न गएका पर्यटकलाई चरमपन्थीले नाम सोधीसोधी हानेका थिए गोली

कश्मीर- सन् २०१९ मा पुलवामामा भएयताकै सबैभन्दा ठूलो चरमपन्थी आक्रमण

कश्मीरमा पर्यटकको समूहमाथि चरमपन्थीको आक्रमण, नेपालीसहित कम्तीमा २६ जनाको मृत्यु

कश्मीर- भारतको जम्मु-कश्मीरस्थित पहलगाममा मंगलबार पर्यटकमाथि अहिलेसम्कै ठूलो चरमपन्थी हमला

शिक्षक र राजावादीको आन्दोलनले ओझेलमा उद्योगी मेला, सबै स्टल बुकिङ हुनै मुस्किल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघले वैशाख २५ गतेदेखि आयोजना गर्न

नेपाल र भारतबीच अन्तरदेशीय प्रसारण लाइन विस्तार सम्झौता, भारतीय मन्त्री खट्टरले भने- नयाँ कोसेढुङ्गा

काठमाडौं- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र भारतका विद्युत्

आन्दोलित शिक्षकलाई निजामती कर्मचारीले साथ दिँदा सरकारलाई धक्का !

काठमाडौं- शिक्षक महासंघको नेतृत्वमा विगत २१ दिनदेखि जारी आन्दोलनको निचोड