दिवंगत पत्रकार पुडासैनीको पारिश्रमिक नदिए कडा आन्दोलन गर्ने महासंघको चेतावनी « Khabarhub

दिवंगत पत्रकार पुडासैनीको पारिश्रमिक नदिए कडा आन्दोलन गर्ने महासंघको चेतावनी


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले यसै वर्ष दिवंगत भएका पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक बापतको करिब २२ लाख रुपैयाँ प्राइमटाइम्स टेलिभिजनले अझै भुक्तानी नगरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले दिवंगत पुडासैनीको श्रमको पारिश्रमिक यथाशीघ्र उनको परिवारलाई हस्तान्तरण गर्न माग समेत गरेको हाे ।

‘एक श्रमजीवी पत्रकारको पसिनाको मूल्य मृत्युपछि पनि नपाउनु अत्यन्तै दुखद कुरा हो । हामीलाई प्राप्त विवरणअनुसार, टेलिभिजनका लेखा अधिकृतसँग भएको श्यामसुन्दरको संवादमा २२ लाखमध्ये १७ लाख रुपैयाँ भुक्तानी गर्ने सहमति भएको जानकारीमा आएको छ। सो रकममध्ये टेलिभिजनले विभिन्न समयमा १० लाख रुपैयाँको चेक दिएको तर खातामा रकम नहालिदिंदा भुक्तानी लिन नसकेको घटनाले हामी झन् दुखित भएका छौं ’ विज्ञप्तीमा उल्लेख छ ।

साथै अन्य पत्रकारहरूले पनि यस्तै समस्या भोगेको भए सम्पर्क गर्न समेत महासंघले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १० : ५१ बजे

साफ महिला क्लब च्याम्पियनसिपः एपीएफलाई हराउँदै इस्ट बङ्गाल विजयी

काठमाडौं – दक्षिण एसियाली फुटबल महासङ्घ (साफ)ले पहिलो पटक आयोजना

मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

भद्रपुर– यहाँको बिर्तामोड–६ मा भएको मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन