दिवंगत पत्रकार पुडासैनीको पारिश्रमिक नदिए कडा आन्दोलन गर्ने महासंघको चेतावनी « Khabarhub

दिवंगत पत्रकार पुडासैनीको पारिश्रमिक नदिए कडा आन्दोलन गर्ने महासंघको चेतावनी


१९ फाल्गुन २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले यसै वर्ष दिवंगत भएका पत्रकार श्यामसुन्दर पुडासैनीको पारिश्रमिक बापतको करिब २२ लाख रुपैयाँ प्राइमटाइम्स टेलिभिजनले अझै भुक्तानी नगरेको घटनाप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै महासंघले दिवंगत पुडासैनीको श्रमको पारिश्रमिक यथाशीघ्र उनको परिवारलाई हस्तान्तरण गर्न माग समेत गरेको हाे ।

‘एक श्रमजीवी पत्रकारको पसिनाको मूल्य मृत्युपछि पनि नपाउनु अत्यन्तै दुखद कुरा हो । हामीलाई प्राप्त विवरणअनुसार, टेलिभिजनका लेखा अधिकृतसँग भएको श्यामसुन्दरको संवादमा २२ लाखमध्ये १७ लाख रुपैयाँ भुक्तानी गर्ने सहमति भएको जानकारीमा आएको छ। सो रकममध्ये टेलिभिजनले विभिन्न समयमा १० लाख रुपैयाँको चेक दिएको तर खातामा रकम नहालिदिंदा भुक्तानी लिन नसकेको घटनाले हामी झन् दुखित भएका छौं ’ विज्ञप्तीमा उल्लेख छ ।

साथै अन्य पत्रकारहरूले पनि यस्तै समस्या भोगेको भए सम्पर्क गर्न समेत महासंघले अनुरोध गरेको छ ।

प्रकाशित मिति : १९ फाल्गुन २०८१, सोमबार  १० : ५१ बजे

कांग्रेसले आज नवनिर्वाचित सांसदहरुका लागि सचेतना कार्यक्रम गर्दै

काठमाडौँ– नेपाली कांग्रेसले नवनिर्वाचित सांसदहरूका लागि आज ‘संसदीय सचेतना’ कार्यक्रम

ओली र लेखकको तत्काल रिहाइ गर्न कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको माग

विराटनगर– कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी शर्मा

एमाले सचिवालयको आकस्मिक बैठक च्यासलमा सुरु

काठमाडौँ– नेकपा एमालेको सचिवालयको आकस्मिक बैठक सुरु भएको छ ।

एमाले सचिवालयको आकस्मिक बैठकमा पदाधिकारीहरू जम्मा हुँदै (तस्बिरहरू)

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्राउ परेपछि सचिवालयको

कर्ण थापाको टिप्पणी : प्रतिशोधका आधारित ओलीको गिरफ्तारी शतप्रतिशत गलत

काठमाडौं– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई सरकारले