आज २०८१ साल चैत २१ गते बिहीबारको राशिफल « Khabarhub

आज २०८१ साल चैत २१ गते बिहीबारको राशिफल


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत २१ गते बिहीबार चैत शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अप्रिल ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। साथीसँग सहकार्य गरेर अगाडि बढेमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा समस्या आउने देखिन्छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।

वृष : तपाईंको बोलीको कारण व्यवहार अप्ठेरोमा पर्ने जोखिम छ। धनस्थानमा चन्द्रमा भएकाले धनको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। भाग्यलाई फर्किनु भन्दा कर्म गरेमा फाइदा हुनेछ।

मिथुन : बोलीमा प्रभाव रहेकाले थोरै बोलेर अगाडि बढ्दा व्यापारमा हुनेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नसक्ने जोखिम छ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारमा खटपटी बढ्ने जोखिम छ।

कर्कट : दिन सामान्य छ। सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। आज ठुलो कामको सुरुवात गर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। परिवारको सहयोग प्राप्त हुनेछ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ। परिवारमा मेलमिलाप हुनेछ। सामूहिक घुमघामको अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुनु आवश्यक छ।

कन्या : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यले साथ दिँदा मन खुशी रहनेछ। धार्मिक क्षेत्रमा मन जाने योग रहेको छ।

तुला : तपाईंको प्रतिभाको प्रदर्शन गर्ने दिन छ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। गुरुको कुरा सुनेर अगाडि बढेमा फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ।

वृश्चिक : दिन सामान्य छ। साना कुराले मनमा झन्झट बढ्नेछन्। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारका सदस्यले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुहोला।

धनु : दिन राम्रो छ। राम्रो कामको सुरुवात गर्नुपर्ने समय आएको छ। संस्कार र संस्कृतिप्रति मन जानेछ। राज्यले सेवाको अवसर प्रदान गर्नेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मकर : दिन सामान्य छ। विश्वास गरेका साथीसमेत विपक्षी कित्तामा पुगेकाले गोपनीयता भंग हुने जोखिम छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ : शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। गुरुको साथमा अगाडि बढेमा प्रगति हुनेछ। धर्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा हुनेछ।

मीन : स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा सामूहिक लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा अगाडि बढ्दा दिन सहज बन्नेछ। गोप्य कुरा साथीसँग शेयर नगर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : ०१ बजे

हतियार बोक्नेले भन्दा मोबाइल बोक्नेले धेरै अपराध गर्दै

काठमाडौं- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई सरकारले प्रतिशोधको

काठमाडौँका यी स्थानमा आज चार घण्टा विद्युत अवरुद्ध हुने

काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले काठमाडौँका विभिन्न स्थानमा आज विद्युत कटौती

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल चैत २१ गते शनिबारको राशिफल

काठमाडौँ – आज २०८२ साल चैत २१ गते शनिबार वैशाख

मुलुकको आर्थिक समृद्धिमा एनआरएनएको भूमिका महत्त्वपूर्ण : परराष्ट्र मन्त्री खनाल

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले मुलुकको आर्थिक समृद्धिमा गैर आवासीय