आज २०८१ साल चैत २१ गते बिहीबारको राशिफल | Khabarhub Khabarhub

आज २०८१ साल चैत २१ गते बिहीबारको राशिफल


२१ चैत्र २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


2.9k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – आज २०८१ साल चैत २१ गते बिहीबार चैत शुक्ल पक्षको षष्ठी तिथि। तदनुसार सन् २०२५ अप्रिल ३ तारिख। नक्षत्र अनुसार १२ वटा राशि हुन्छन्। चन्द्रमा अनुसार राशि र नक्षत्रका पद अनुसार नाम राखिन्छ। त्यही आधारमा व्यक्तिको दैनिकीको विषयमा भविष्यवाणी हुन्छ। खबरहबका लागि ज्योतिष पण्डित सूर्यनाथ लुइटेलले तयार पार्नुभएको आजको फलादेशः

मेष : दिन राम्रो छ। साथीसँग सहकार्य गरेर अगाडि बढेमा फाइदा हुनेछ। राजनीतिक क्षेत्रमा समस्या आउने देखिन्छ। रोगसँग लड्ने क्षमता बढ्नेछ। व्यापारमा गरेको लगानीबाट राम्रो फाइदा हुनेछ।

वृष : तपाईंको बोलीको कारण व्यवहार अप्ठेरोमा पर्ने जोखिम छ। धनस्थानमा चन्द्रमा भएकाले धनको सदुपयोग गर्नुपर्नेछ। शिक्षामा गरेको प्रयास सफल बन्नेछ। भाग्यलाई फर्किनु भन्दा कर्म गरेमा फाइदा हुनेछ।

मिथुन : बोलीमा प्रभाव रहेकाले थोरै बोलेर अगाडि बढ्दा व्यापारमा हुनेछ। बोली र व्यवहारमा एकरुपता नहुँदा समस्या बढ्नसक्ने जोखिम छ। धार्मिक अभियान्तासँगको भेटले मन शान्त बन्नेछ। परिवारमा खटपटी बढ्ने जोखिम छ।

कर्कट : दिन सामान्य छ। सञ्चित धन अनुत्पादक क्षेत्रमा खर्च हुनेछ। आज ठुलो कामको सुरुवात गर्नु राम्रो हुनेछ। खानपानमा ख्याल नगर्दा रोगले सताउने जोखिम छ। परिवारको सहयोग प्राप्त हुनेछ।

सिंह : आम्दानीका दृष्टिले दिन राम्रो छ। परिवारमा मेलमिलाप हुनेछ। सामूहिक घुमघामको अवसर प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार हुँदा मन शान्त बन्नेछ। बोली र व्यवहारमा एकरुपता हुनु आवश्यक छ।

कन्या : शिक्षाको क्षेत्रमा प्रगति हुनेछ। परीक्षा लेखेको भए राम्रो नतिजा प्राप्त हुनेछ। स्वास्थ्यले साथ दिँदा मन खुशी रहनेछ। धार्मिक क्षेत्रमा मन जाने योग रहेको छ।

तुला : तपाईंको प्रतिभाको प्रदर्शन गर्ने दिन छ। निजी क्षेत्रको शिक्षामा प्रगति हुनेछ। लगानी गर्ने हिम्मत गर्नुपर्नेछ। गुरुको कुरा सुनेर अगाडि बढेमा फाइदा हुनेछ। परिवारको सल्लाह लिएर अगाडि बढ्नुपर्ने समय छ।

वृश्चिक : दिन सामान्य छ। साना कुराले मनमा झन्झट बढ्नेछन्। प्राविधिक शिक्षामा गरेको प्रयास सफल बन्नेछ। परिवारका सदस्यले भन्दा बाहिरका व्यक्तिले प्रशंसा गर्नेछन्। धार्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गर्नुहोला।

धनु : दिन राम्रो छ। राम्रो कामको सुरुवात गर्नुपर्ने समय आएको छ। संस्कार र संस्कृतिप्रति मन जानेछ। राज्यले सेवाको अवसर प्रदान गर्नेछ। परिवारको साथमा बसेर रमाइलो गर्ने अवसर मिल्नेछ।

मकर : दिन सामान्य छ। विश्वास गरेका साथीसमेत विपक्षी कित्तामा पुगेकाले गोपनीयता भंग हुने जोखिम छ। परिवारमा मेलमिलाप हुनेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। स्वास्थ्यमा सुधार हुनेछ।

कुम्भ : शिक्षाको क्षेत्रमा जाँगर बढ्नेछ। खानपानमा विशेष ख्याल गर्नुपर्नेछ। गुरुको साथमा अगाडि बढेमा प्रगति हुनेछ। धर्मिक कार्यमा सहभागी भएर दिनको सुरुवात गरेमा नाफा हुनेछ।

मीन : स्वास्थ्यमा सुधार हुनेछ। व्यापारमा सामूहिक लगानीबाट फाइदा हुनेछ। परिवारको साथमा अगाडि बढ्दा दिन सहज बन्नेछ। गोप्य कुरा साथीसँग शेयर नगर्नु उचित हुनेछ। संकटमा परिवारको साथ र सहयोग मिल्नेछ।

प्रकाशित मिति : २१ चैत्र २०८१, बिहीबार  ५ : ०१ बजे

चलचित्र भवन सोमबारदेखि खुल्ने

काठमाडौं – ‘जेनजी पुस्ता’को आन्दोलनका कारण बन्द रहेका देशभरका चलचित्र

गाईघाटमा तरकारीको मूल्य दोब्बर बढ्यो

उदयपुर – जेनजी पुस्ता’को आन्दोलनदेखि सेनाको निषेधाज्ञासम्मको अवस्था बिस्तारै हटेपछि

मन्त्रिपरिषद् विस्तार : यी तीन मन्त्रीले भोलि लिनेछन् सपथ

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले आइतबार तीन जना मन्त्रीको नाम

रास्वपाको भर्चुअल बैठक : सुमनाले पार्टी छोड्नुको कारणबारे छानबिन हुनुपर्ने माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय, प्रदेश र जिल्ला

जेन–जी प्रदर्शनकारीलाई उक्साएको आरोपमा फलेवासका वडाध्यक्ष पक्राउ

पर्वत – पर्वत फलेबास नगरपालिका–४ का वडाध्यक्ष अच्युत तिवारीलाई प्रहरीले